डक्टर्स आर्टिकल

जापनिज इन्सेफ्लाइटिसका यस्ता छन् लक्षण र रोकथाम 

डा. केदार कार्की

जापनिज इन्सेफ्लाइटिस वीषाणूजन्य पशुपंक्षीको संलग्नतामा मानिसमा सर्ने रोग हो। जापनिज इन्सेफ्लाइटिस ओसारपसार गर्न लामखुट्टेलाई हुलाकी मानिन्छ। जनावरहरुमा यो रोग लगाउने काम जंगली फिरन्ते चराहरु, त्यसमा पनि हाँस प्रजातिले गर्छ। सुँगुुर प्रजातिमा यो रोगको भाइरसले अत्यधिक रोग क्षमता वृद्धि गर्छ। मानिसमा भने यो रोग दुर्घटनाबस देखिने मात्र हो, त्यो पनि ‘कमुलेकस’ प्रजातिको लामखुट्टेले टोकेपछि मात्र। 

यो रोग मुख्यतया ग्रामीण तथा नगरउन्मुख सहरी क्षेत्र (जहाँ खेतीपाती गरिन्छ, सुँगुर–बंगुरका साथै अन्य पशुहरुको संगतमा लामखुट्टेले आप्mनो वंश वृद्धि गराउँछ) मा बढी देखिने गर्छ। यो रोग बिरामी मानिसबाट अर्को मानिसमा सर्दैन। यो रोग सुसुप्त तथा प्रत्यक्ष लक्षणसहित देखिने हँुदा रोग लागेको सजिलै छुट्याउन सकिन्न। यो रोगले बढी प्रभावित गर्ने उमेर समूह १५ वर्षमुनिका बालबालिका हुन्।

श्वमा यो रोग मुख्य तीन क्षेत्रमा देखिएको पाइन्छ। 

१. चीन तथा कोरिया प्रायद्वीप 

२. भारतीय उप—महाद्वीप अन्तर्गत भारत, बंगलादेशका केही भाग, नेपालको तराई क्षेत्र र श्रीलङ्का

३. दक्षिण पूर्व एसियाका देश बर्मा, थाइल्यान्ड, कम्बोडिया, लाओस, भियतनाम, मलेसिया, इन्डोनेसिया

यस बाहेक कहिलेकाहीँ जापान, ताइवान, सिंगापुर, हङकङ र पूर्वि रसियामा पनि देखिएको तथ्य भेटिन्छ।

जापनिज इन्सेफ्लाइटिसको इतिहास
यो रोगको वीषाणू सर्वप्रथम सन् १९३३ मा जापानमा मृत्यु भएका बिरामीको शव परीक्षणका क्रममा मस्तिष्कमा भेटिएको तथ्य पाइन्छ। भारतमा सन् १९५५ मा तामिलनाडु राज्यको भेल्लोरमा यो रोगको बिरामी पहिलो पटक भेटिएका थिए। त्यसपछि सन् १९८० को दशकमा यसको प्रकोप भारतका अधिकांश प्रान्तमा फैलिएको देखिन्छ। 

नेपालमा भने सन् १९७८ मा सर्वप्रथम रुपन्देहीको भैरहवामा यो रोग देखा परेको थियो। त्यसयता बर्सेनि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलवस्तु लगायत तराई क्षेत्रमा वर्षायाममा देखिने गरेको छ। यस बाहेक हालका दिनमा काठमाडौँ उपत्यकामा पनि यो रोगका बिरामी देखिन थालेको छ। 

जापनिज इन्सेफ्लाइटिस लागेपछिको अवस्था तीन चरणका हुन्छन्। 

प्रारम्भिक अवस्था अर्थात् सुसुप्त अवस्था
जापनिज इन्सेफ्लाइटिस रोग फैँलदा ज्वरो आउने, जीउ अररो हुने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने जस्ता लक्षण देखा पर्छन्। पहिलो चरणका यी लक्षण एक देखि ६ दिनसम्म रहन सक्छ। यो अवस्था रोगको वीषाणू प्रवेश गरेको २४ घन्टाभित्र वा १४ दिनपछि पनि देखिन सक्छ।

तीक्ष्ण मस्तिष्कजन्य लक्षणसहितको अवस्था 
रोग दास्रो चरणमा पुग्दा तीक्ष्ण मस्तिष्क सम्बन्धी लक्षण देखिन थाल्छ। जिउ काँप्ने, बेसुरा हुने, बेहोस हुने, पूर्ण बेहोस हुने, घाँटी अररो हुने, मांसपेशी कडा हुने, आँखामा कम्पन हुने, हिँड्दा खुट्टा लडखडाउने, जिब्रो काँप्ने, बोली लरबराउने जस्ता लक्षण देखा पर्छ।

अन्तिम अवस्था
रोगले बिरामी अन्तिम अवस्थामा पुगे मस्तिष्कको स्थायी क्षति हुन सक्छ। बिरामीको मानसिक सन्तुलन बिग्रने, मांसपेशीमा कुनै स्पन्दन नहुने, शारीरिक रुपमा अपाङ्ग हुने, बोली लरबराउने, छिनछिनमा बेहोस हुने र छिनछिनमा होस आउने, अप्रत्यासित व्यवहार गर्ने जस्ता लक्षण देखिन्छन्। यो चरणमा आइसकेको बिरामीलाई उपचारबाट कुनै सुधार हुँदैन र बिरामीको मृत्यु पनि हुन सक्छ।

जापनिज इन्सेफ्लाइटिससँग मिल्दाजुल्दा लक्षण हुने अन्य रोग पनि हुन्छन्, तिनलाई भने छुट्याउनुपर्छ। जस्तैः मस्तिष्कको मलेरिया, सामान्य मस्तिष्क ज्वरो, रेबिज रोग, मस्तिष्कलाई असर पार्ने कुनै किसिमका विषाक्ति आदि।

उपचार
बिरामीको रगत तथा मस्तिष्क र मेरुदण्डमा हुने रक्तस्रावको प्रयोगशाला परीक्षण गर्ने हो भने सुरुमै रोग पहिचान गर्न सकिन्छ।

यो रोगको उपचार त हालसम्म उपलब्ध छैन तथापि बिरामीलाई शुरुकै अवस्थामा सहयोगी उपचार दिने हो भने केही हदसम्म बिरामीलाई बचाउन सकिन्छ।

रोकथामका उपाय
१) जतिसक्दो चाँडो रोगको पहिचान गरी सहयोगी उपचार गर्ने।

२) लामखुट्टे नियन्त्रणका लागि लामखुट्टे प्रजनन् स्थानलाई नष्ट गर्ने। लामखुट्टेको टोकाइबाट बच्ने उपायहरु अवलम्बन गर्ने। वयस्क लामखुट्टे नियन्त्रण गर्ने। 

३) जोखिममा पर्न सक्ने उमेर समूहका व्यक्तिलाई बेलैमा रोगविरुद्ध खोप लगाउने। 

४) यो रोग लगाउन तथा प्रसार गर्न सुँगुर प्रजातिको महत्वपूर्ण भूमिका रहन्छ। त्यसैले सुँगुर–बंगुरको व्यवस्थापनमा उचित ध्यान दिनुपर्छ। बर्खामा धानबाली (जहाँको जमेको पानीमा लामखुट्टेको प्रजनन् बढी हुन्छ) आसपास सुँगुरको उपस्थिति हटाउनुपर्छ। साथै, सुँगुर–बंगुर प्रजातिलाई पनि बेलैमा खोप दिने हो भने रोगको प्रसार न्यून गर्न सकिन्छ।

५) एकपटक रोग फैलिएका क्षेत्रमा पुनः यो रोग फैलिन सक्ने भएकाले त्यस्ता क्षेत्रका जोखिममा पर्न सक्ने समुदाय र उमेर समूहका मानिसलाई बेलैमा खोप लगाइरहनुपर्छ। यो रोग फैलिएपछि एक पटक लगाएको खोपको कुनै औचित्य हुँदैन। 

खोपको तालिका

एक वर्षभन्दा मुनिका बालबालिकामा यो खोप प्रयोग गरिँदैन। एक वर्षमा पहिलो खोप, त्यसको एक महिनापछि दोस्रो र त्यसको ६ महिनापछि तेस्रो खोप दिनुपर्छ। त्यसपछि चौथो वर्ष, आठौँ वर्ष र ११औं वर्षमा नियमित खोप दिने हो भने जापनिज इन्सेफ्लाइटिसबाट सुरक्षित हुन सकिन्छ।

सन् १९४८ ताका जापानका जनतालाई नियमित पिरोलेको यो रोगलाई नियन्त्रण गर्न सन् १९६८ मा गरिएको रणनीतिक खोप कार्यक्रमले हालसम्म जापानीहरु आफूलाई सुरक्षित ठान्छन्। तर, हामी भने रोगको प्रकोप देखिएपछि वर्षको एक पटक खोप लगाउँछौँ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live