मुख्य समाचार

चिकित्सा शिक्षा विधेयकका विवादित विषयबारे समितिमा छलफलै भएन

img

दुर्गा दुलाल

काठमाडौं- चिकित्सा शिक्षा विधेयकका विवादित दुई दफाका विषयमा संसद्‌को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिमा सोमबार छलफल हुन सकेन।

सिंहदरबारमा बसेको समितिको बैठकमा विधेयकका दुई विवादित दफा १२ र १३ मा प्रवेश नै हुन नसकेको हो । विधेयकको दफा १२ मा काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न अनुमति नदिने प्रावधान छ भने १३ मा एक जिल्लामा एकभन्दा बढी मेडिकल वा डेन्टल विषयका शिक्षण संस्थालाई सम्बन्धन दिन नसक्ने उल्लेख गरिएको छ।

मनमोहन मेडिकल कलेजमा लगानी रहेका नेकपा एमालेका सांसदहरु राजेन्द्र पाण्डे, वंशीधर मिश्र लगायतलाई बाहिर राखेर समितिले छलफल गरे पनि विवादित दफाबारे प्रवेश नगरी अन्य विषयमा छलफल अगाडि बढाएको थियो।

डा. गोविन्द केसी तिनै माग राखेर अनशन बसेको र सम्बद्ध सांसदहरुलाई बैठकमा राख्दा शर्त बाझिन्छ भनेर समितिले बाहिर राखेर छलफल अघि बढाएको थियो।

व्यवस्थापिका-संसद्‌ले चिकित्सा शिक्षा विधेयकबारे थप छलफलका लागि महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिमा पठाएको थियो।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live