मुख्य समाचार

कार्यदलले टुंग्यायो चिकित्सा शिक्षा विधेयकः पास भए उपत्यकामै ५ नयाँ मेडिकल कलेज आउने

img

दुर्गा दुलाल

फाइल तस्बिर

काठमाडौं– मेडिकल कलेज सञ्चालनका लागि मनशाय पत्र पाई पूर्वाधार तयार गरेका मेडिकल कलेजले सम्बन्धन पाउनेगरी चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिइएको छ। विधेयकलाई अन्तिम रुप दिन गठित कार्यादलले चिकित्सा शिक्षा ऐन पारित हुनुअघि मनशाय पत्र पाएका मेडिकल कलेजले सम्बन्धन पाउने आशयसहित विधेयक अघि बढाएको हो। 

कार्यदलले तयार पारेको उक्त विधेयकमाथि संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको पूर्ण बैठकमा छलफल भइरहेको छ। माथेमा कार्यदलले दिएको प्रतिवेदन अनुसार बनेको विधेयकको दफा १३ मा संशोधन गरी यस्तो आशय राखिएको हो।

आमरण अनशनरत डा. गोविन्द केसीको माग विपरीत ती मेडिकल कलेजलाई सम्बन्धन दिने नियतका साथ संशोधन गरी थपिएको छ, ‘आशयपत्र पाएर पूर्वाधार निर्माण गरिसकेका संस्थालाई सम्बन्धन दिन सकिनेछ।’

कार्यदलले पठाए अनुसार नै विधेयक पारित भए यसअघि आशयपत्र पाइसकेका काठमाडौंका चार, ललितपुरको एक र झापाको एक मेडिकल कलेजले सम्बन्धन पाउनेछन्। आशयपत्र लिएका काठमाडौंका मनमोहन, प्रहरी, पिपुल्स, नेसनल, ललितपुरको अस्विन र झापाको बीएन्डसी मेडिकल कलेजले पूर्वाधार पूरा गरेका छन्। यसअघिको सरकारकै पालामा उपत्यकाका पाँच वटा मेडिकल कलेजलाई सम्बन्धन दिन मेडिकल काउन्सिलले समेत शिक्षा मन्त्रालयमा सहमतिपत्र पठाइसकेको छ। 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live