मुख्य समाचार

भोलिदेखि देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प हुने

स्वास्थ्य खबरपत्रिका

फाइल तस्बिर


काठमाडौं- १८ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको अभियानमा ऐक्यबद्धता प्रकट गर्दै सरकारी चिकित्सक संघ (गोदान) ले भोलिदेखि देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएको छ।

केसीको माग सम्बोधनका लागि दबाव दिँदै यसअघि चरणबद्ध आन्दोलनको घोषणा गरेको संघले बिहीबार आपतकालीन बैठक बस्दै शुक्रबारदेखि सम्पूर्ण अस्पतालमा आकस्मिक बाहेकका सेवामा संलग्न नहुने निर्णय गरेको हो । यो निर्णयबाट उत्पन्न हुने असहजताको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने संघले विज्ञप्तिमा उल्लेख गरेको छ।

सेवा ठप्प पारे पनि अस्पतालमा हुने बिरामीको चाप र भर्ना भएर बसेका बिरामीहरुको उपचार तथा सहयोगका लागि अस्पताल परिसरमा आवश्यक पूर्वाधार जुटाएर ओपिडी सेवा उपलब्ध गराउने संघले जनाएको छ।

राज्यले विगतमा औपचारिकताका लागि छिटफुट वार्ता गरे पनि डा. केसीका माग पूरा गर्न उदासीनता देखाएको संघले आरोप लगाएको छ । अनशनको १८औं दिन केसीको स्वास्थ्य संकटग्रस्त रहेको अवस्थामा विभिन्न सरोकारवाला संघसंस्था र नागरिक तहको आग्रह र दबावका बीच पनि मौन बसेर सरकारले केसीको तपस्याको खिल्ली उडाइरहेको भन्दै संघले आपत्ति प्रकट गरेको छ।

सेवा ठप्प पार्ने अवधिमा अस्पताल परिसरमै उपलब्ध हुन र कुनै निजी सेवामा संलग्न नहुन संघले सम्पूर्ण चिकित्सकलाई आह्वान गरेको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live