समाचार

डा. केसीको मागमा प्रमुख मिडियाका सम्पादकहरुको ऐक्यबद्धता

None

काठमाडौं– अनशनरत डा. गोविन्द केसीको मागमा विभिन्न मिडियाका सम्पादकहरुले ऐक्यबद्धता जनाएका छन्।

सम्पादकहरुले डा. केसीको स्वास्थ्य स्थिति खस्कँदै गएको भन्दै जीवनरक्षाका लागि अपिल समेत गरेका छन्।

सेतोपाटीका प्रधान सम्पादक अमित ढकाल, बाह्रखरीका सम्पादक प्रतीक प्रधान, हिमाल साप्ताहिकका सम्पादक किरण नेपाल, नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल, रिपब्लिकाका सम्पादक सुवास घिमिरे लगायतले केसीको मागप्रति ऐक्यबद्धता जनाएका हुन्। उनीहरुले शुक्रबार बिहान अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेर ऐक्यबद्धता प्रकट गरेका हुन्।

सम्पादहरुले डा. केसीका माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने