समाचार

डा. केसीको समर्थनमा पाँचथरका स्वास्थ्यकर्मी आन्दोलित 

खविन लुइँटेल

पाँचथर– १९ दिनदेखि अनशनमा बसिरहेका डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै जिल्ला अस्पताल पाँचथरका स्वास्थ्यकर्मी तथा कर्मचारीले पनि आन्दोलन सुरु गरेका छन्।

सरकारी चिकित्सक संघ (गोदान) को आह्वानमा देशभरका अस्पतालमा ओपिडी सेवा ठप्प पारिएसँगै पाँचथर अस्पतालका चिकित्सकले पनि सेवा बन्द गरेका हुन्। 

डा. केसीका जायज मागप्रति सरकारले उपेक्षा गरेको भन्दै जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुले दबावमूलक आन्दोलन थालेका हुन् । सरकारी बेवास्ताका कारण स्वास्थ्य क्षेत्रका विकृति अन्त्य हुन नसकेको चिकित्सहरुले आरोप लगाएका छन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live