विचार/ब्लग

कविता: डा. केसीको अनशन र प्रश्नहरु

मदन मगर

साँच्चि
मान्छेको ज्यानको
मूल्य कति पर्ला ?
एक करोड, दुई करोड
या एउटा मेडिकल कलेज खोल्न लाग्ने खर्च ?
या एउटा सरकार बन्न लाग्ने खर्च ?
कति पर्ला मान्छेको मूल्य?

सुतेको सरकारलाई ब्युँझाउन
के गर्नुपर्ला?
जुलुस, चक्काजाम
या कुनै युद्ध ?
साँच्चि के गर्नुपर्ला?

के मानवता मरेकै हो?
मानवता सिंहदरबारभित्र यति सजिलै मर्नसक्छ भने
कस्तो होला गाउँका झोपडीमा ?
के हाल होला दूरदराजका गरिब-गुरुबाको?

हाल: दिल्ली, भारत।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live