समाचार

चितवनमा भाइरल ज्वरोको प्रकोप, अस्पतालमा चाप

राजेन्द्र आचार्य

चितवन– चितवनका स्वास्थ्य संस्थाहरुमा पछिल्लो समय भाइरल ज्वरोका बिरामीको चाप बढेको छ ।

भरतपुर अस्पतालमा बिरामीको चाप बढेसँगै बेड अभावमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ।

अस्पतालको ओपिडीमा अहिले भाइरल ज्वरोका दैनिक दुई सय जना बिरामी आउने गरेका फिजिसियन डा. भोजराज अधिकारीले जानकारी दिए। इमरजेन्सी वार्डमा पनि दैनिक २५ देखि ३० जनासम्म बिरामी आउने गरेका छन् ।

बिरामीको चाप अत्यधिक बढेपछि उपचार गर्न निकै कठिनाइ भएको भरतपुर अस्पतालले जनाएको छ । हरेक दिन ५० जना बिरामीलाई भुइँमा उपचार गराउनुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले बताए । बच्चा वार्ड, सुत्केरी वार्ड र मेडिकल वार्डमा बिरामीहरुलाई भुइँमा राखेर उपचार गर्ने गरिएको छ।

जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा पनि भाइरल ज्वरोका बिरामी आउने क्रम बढेको पाइएको छ। अस्पतालहरुको बहिरंग सेवामा आएका बिरामीमध्ये ३५ प्रतिशत भाइरल ज्वरोका बिरामी रहेको चिकित्सकहरु बताउँछन्।

जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले अस्पतालमा अध्यधिक मात्रामा बिरामीहरु आइरहेको र तीमध्ये केहीमा स्क्रब टाइफस र केहीमा एन्फ्लुएन्जा (एएच १ एन १) देखिएको जानकारी दिए।

चितवनमा मकवानपुर, नवलपरासी, तनहुँ, गोर्खा, स्याङ्जा, बारा, पर्सा लगायत जिल्लाका बिरामीहरु उपचारका लागि आउने गर्छन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live