समाचार

डा. केसीको समर्थनमा बिरामी पनि उत्रिए (तस्बिर सहित)

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- सरकारले अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन नगरेको भन्दै बिरामीसमेत विरोधमा उत्रिएका छन्। डा. केसीको जीवन रक्षाका लागि देशैभरिका डाक्टरले दबाब दिइरहँदा तनहुँको एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा भने बिरामीहरु पनि प्लेकार्ड बोकेर डा. केसीको समर्थनमा उत्रिएका हुन्।

तनहुँको पुरानडिही प्राथमिक स्वास्थ्य केन्द्रमा ओपिडीमा जँचाउन आएका बिरामी र उनका आफन्तहरुले डा. केसीको समर्थनमा नारा लेखिएका प्लेकार्ड बोकेर डाक्टर र स्वास्थ्यकर्मीलाई साथ दिएको डा. अशोक चापागाईंले बताए। 'डा. केसीको अनशन र मागबारे बताएपछि बिरामी र उनका आफन्त, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी र स्थानीयबासी पनि विरोध कार्यक्रममा सरिक हुनुभएको हो,' डा. चापागाईंले भने, 'आकस्मिक बाहेकका सेवा बन्द भए पनि बिरामीले कुनै गुनासो नगरी डा. केसीको समर्थनमा साथ दिनु भएको छ।'

डा. केसीको ११औँ अनशन १९औँ दिनमा पुग्दासमेत माग सम्बोधन नभएपछि देशभरिका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द छन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live