समाचार

डा. गोविन्द केसीको पक्षमा गगन थापाको यस्तो सन्देश

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- चिकित्सा शिक्षा सुधार लगायतका माग राख्दै ११ औं पटक आमरण अनशनमा बसेका डा. गोविन्द केसीको माग पुरा गराउन सक्रिय भूमिका खेल्दै आएका पूर्व स्वास्थ्य मन्त्री गगन थापाले शनिवार बिहानै सन्देश निकालेका छन्।

डा. केसीलाई पुन अनशनमा बस्नै नपर्ने गरी सबै माग पुरा गराउन लागिरहेका थापाले अनशनको २० औँ दिन बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। 

पूर्व स्वास्थ्य मन्त्री थापाले चिकित्सा शिक्षा विधेयक डा. केसीलाई मात्र चाहिएको नभई आम जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाउनका लागि भएको भन्दै भविष्यमा अर्को आमरण अनशन बस्न नपर्ने गरी समस्याको समाधान गर्नुपर्ने भनेका छन्।

उनले अनसनलाई जसोतसो तोड्ने हिसाबले मात्र विधेयक र सहमती गर्न नहुनेमा पनि जोड दिएका छन्। पूर्व मन्त्री थापाले डा केसीप्रति आभार व्यक्त गर्दै विधेयकको स्वामित्व लिएर कार्यान्वयनमा जान र संवैधानिक प्रतिवद्धता पुरा गर्ने इमानदार प्रयत्न गर्न पनि आग्रह गरेका छन्।

यस्तो छ गगनले सार्वजनिक गरेको धारणा

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live