साताको मुहार/ब्रेन एन्ड ब्युटी

ब्रेन एन्ड ब्युटी : सरिशा श्रेष्ठ

स्वास्थ्य खबरपत्रिका

सरिशा श्रेष्ठ किष्ट मेडिकल कलेजमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत छिन् । सेन्ट जेभियर्समा माध्यमिक र सेन्ट मेरिजमा उच्च माध्यमिक शिक्षा हासिल गरेकी उनको बाल्यकालमा कम्प्युटर इञ्जिनियर बन्ने रुचि थियो । तर, कक्षा ९ मा पढ्दा मिल्ने साथीकी आमा बिरामी भएपछि उनको लक्ष्य मोडियो । 

ब्रेन ट्युमर भएकी साथीकी आमाले उपचारका क्रममा पाएको सास्ती देखेर उनलाई डाक्टर बनेर सेवा गर्ने इच्छा पलायो । आर्थिक अवस्था कमजोर रहेको परिवारमा डाक्टरले अनावश्यक खर्च समेत थोपरिदिएको कुरा उनको मस्तिष्कमा त्यही बेला घुस्यो । त्यसपछि डाक्टर बनेर सेवा गर्ने उनको लक्ष्य बनेको हो । 

खाना पकाउने र कुनै काममा नेतृत्व लिने उनको सोख हो । त्यसमा पनि मोडलिङमा उनको विशेष चाख छ । त्यसैले फेशन सोमा र्‍याम्पमा उत्रिन थालिसकेकी छिन् । उनले नेपाल फेशन आइकन–२०१७ को उपाधि समेत जितिसकेकी छन् ।
पढाइमा कडा संघर्ष गर्नुपर्ने चिकित्सा अध्ययनबाट समय निकालेर सरिशा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेशन सोहरुमा भाग लिइरहेकी छिन् । 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live