मुख्य समाचार

डा. केसीको समर्थनमा विशाल सभा

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– अनशनरत डा. गोविन्द केसीको अनशन लम्बिदै जाँदा उनको समर्थनमा शनिबार काठमाडौंमा विशाल सभा भएको छ। माइतीघरबाट सुरु भएको र्या.ली नयाँ वानेश्वर पुगेर सभामा परिणत भएको थियो । डाक्टर, विद्यार्थी, स्वास्थ्य कर्मचारी, विभिन्न पेशाकर्मीसहित हजारौंको सहभागिता रहेको सभामा आमनागरिकको उल्लेख्य सहभागिता रहेको थियो। सभामा बोल्ने वक्ताहरुले डा. केसीका माग तत्काल पूरा गरी उनको जिवनरक्षाका लागि सरकारसँग जोडदार माग गरे।

शुक्रबार महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकमा डा. केसीले असहमति जनाएका छन् । विधेयकले काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेज सञ्चालनका लागि बाटो खुला गरिदिएपछि डा. केसीले असहमति जनाएका हुन् ।

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पूर्व स्वास्थ्य मन्त्री गगन थापाको लामो प्रयासपछि शुक्रबार विधेयकमा मध्यमार्गी सहमति जुटेको थियो। विधेयक पारित भएसँगै सरकारले शुक्रबारै अनशन तोड्न आग्रह गरे पनि डा. केसीले आफ्नो माग सम्बोधन नभएको भन्दै अनशन जारी राख्ने उद्घोष गरेका छन्। डा. केसीको अनशनको आज २०औं दिन हो । लामो अनशनका कारण डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। डा. केसी काठमाडौं उपत्यकामा कम्तीमा १० वर्ष नयाँ मेडिकल सञ्चालन गर्न नहुने अडानमा छन् ।

उनका अन्य मागमा पनि सहमति जुट्न सकेको छैन । डा. केसीको माग पूरा गर्न दबाव दिने उद्देश्यले नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघले शुक्रबारबाट देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा बहिष्कार गर्ने निर्णय गरेका छन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live