समाचार

कपिलवस्तु: स्वास्थ्य चौकीको नेतृत्व हेल्थ असिस्टेन्टलाई दिन निर्देशन

सदिप रमण पुरी

कपिलवस्तु- स्वास्थ्य चौकीको नेतृत्व हेल्थ असिस्टेन्टले गर्ने कि सिनियर अहेबले भन्ने विवाद देखिइरहँदा जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले हेल्थ असिस्टेन्टलाई नेतृत्व दिन निर्देशन दिएको छ।

स्वास्थ्य सेवा ऐन २०५३ र स्वास्थ्य सेवा नियमावली २०५५ अनुसार स्वास्थ्य चौकीको प्रमुख हेल्थ असिस्टेन्ट हुने प्रावधान रहे पनि सिनियर अहेबहरुले सो विपरीत आफैंले जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यसअघि स्वास्थ्य चौकी प्रमुखको विवादबारे हेल्थ असिस्टेन्ट संघ नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुले जिल्ला स्वास्थ्य कार्यालयमा पटकपटक जानकारी गराएपछि कार्यालयले स्वास्थ्य सेवा विभागसँग स्पष्ट निर्देशन दिन माग गरेको थियो। विभागले स्वीकृत संगठन संरचना अनुसार गर्न निर्देशन दिएपछि स्वास्थ्य कार्यालयले जिल्लाका सम्पूर्ण स्वास्थ्य चौकी, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्टलाई प्रमुखको जिम्मेवारी दिन परिपत्र गरेको हो।

यसैबीच हेल्थ असिस्टेन्ट संघ नेपाल कपिलवस्तुले सम्पूर्ण हेल्थ असिस्टेन्टलाई मातहतका स्वास्थ्यकर्मीहरूलाई मिलाएर लैजान र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिन आग्रह गरेको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live