मुख्य समाचार

डा. केसीद्वारा बाढी-पहिरो पीडितको उपचारमा खट्न डाक्टर तथा स्वास्थ्यकर्मीलाई आग्रह

स्वास्थ्य खबरपत्रिका

फाइल तस्बिर

काठमाडौं– अनशनरत डा. गोविन्द केसीले बाढी-पहिरो पीडितको उपचारमा खट्न डाक्टर तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन्।

डा. केसीले चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् ।

‘आफूले जनताका लागि आन्दोलन गरेकाले आफ्नो अनशनका कारण उपचार सेवा प्रभावित नपार्न संघलाई डा. केसीले आग्रह गर्नुभएको हो’ डा. केसीका सहयोगी विशद दाहालले भने।

अविरल वर्षाका कारण आएको बाढी-पहिरोले तराईका अधिकांश जिल्ला डुबानमा परेका छन् भने पहाडी जिल्लाहरुमा समेत पहिरो गएको छ ।

डा. केसी २० दिनदेखि आमरण अनशनमा छन् । लामो अनशनका कारण उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live