मुख्य समाचार

नागरिक समाजको अनशन तोड्ने आग्रह डा. केसीद्वारा अस्वीकार, विधेयकमा आपत्ति

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– नागरिक समाजका अगुवाहरुले अनशन तोड्न गरेको आग्रह डा. गोविन्द केसीले अस्वीकार गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नागरिक समाजका अगुवाहरु अनशन स्थल पुगेका थिए । डा. केसीले माथेमा प्रतिवेदन र आफ्ना सुझावका आधारमा चिकित्सा शिक्षा विधेयक पारित भए मात्र अनशन तोड्ने जवाफ दिएका छन्।

डा. केसीले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले शुक्रबार पारित गरेको विधेयकमा आपत्ति जनाएका छन् । डा. केसीलाई अनशन तोड्न आग्रह गर्न नागरिक समाजका तर्फबाट केदारभक्त माथेमा, निलाम्बर आचार्य, कनकमणि दीक्षित, सुबोध प्याकुरेल, ओमप्रकाश अर्याल, सुरेन्द्र भण्डारी लगायत करिब ८ बजे त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live