मुख्य समाचार

स्वास्थ्यकर्मीलाई बिदा नबस्न र बिदा बसेकालाई फकर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सहरुलाई बिदामा नबस्न र बिदामा बसेकालाई काममा फर्कन निर्देशन दिएका छन्।

अविरल वर्षका कारण आएको बाढीपहिरोका कारण देखिन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरी मन्त्री पोखरेलले स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिएका हुन्। ‘विपदको अवस्थामा घाइते तथा विस्थापितहरुको तत्काल उपचार गर्ने गराउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय प्रतिबद्ध छ,’ मन्त्री पोखरेलले भने, 'यस सन्दर्भमा स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायहरु परिचालित भइसकेका छन्। मन्त्रालयका उच्च अधिकारी, विषेशज्ञहरुको नेतृत्वमा टोली बनाई प्रभावित क्षेत्रमा पठाइएको छ।’

विषम परिस्थितिमा बाढी-पहिरोबाट विस्थापित, घाइते एवं प्रभावितहरुलाई औषधि-उपचारबाट वञ्चित हुने अवस्था सिर्जना हुन नदिन र यसपछि उत्पन्न हुने झाडापखाला, हैंजा, आउ, जन्डिस जस्ता महामारी फैलन सक्ने सम्भावनाप्रति मध्यननजर गर्दै स्वास्थ्यकर्मी खटाइएको मन्त्री पोखरेलले बताए।

‘सरकारी स्वास्थ्य प्रणालीमा रहेका स्वास्थ्यकर्मीलाई छुट्टीमा नबस्न, तालिम, भेला, गोष्ठी लगायतका सम्पूर्ण कार्य रोकी कार्यस्थलमा फर्केर आफ्नो जिम्मेवारी सम्हाल्न, २४सैं घन्टा फिल्डमा रहेर सेवा दिन र आवश्यक औषधि तथा जनशक्तिको व्यवस्था मिलाउन निर्देशन दिएको छु,’ मन्त्री पोखरेलले भने, ‘करिब ६० प्रतिशत बजेट स्थानीय तहमा नै रहेकाले प्रभावित र पीडितलाई सहजरुपमा सेवा पाउने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छु।’

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live