मुख्य समाचार

बाढीपहिरो पीडितलाई उपचार सहयोग चाहिए ९८५१०९६०८९ मा फोन गरौः स्वास्थ्य मन्त्रालय

None

काठमाडौं-

काठमाडौं– स्वास्थ्य मन्त्रालयले बाढीपहिरो पीडितलाई उपचार लगायत स्वास्थ्य सहयोग आवश्यक परे मोबाइल नम्बर ९८५१०९६०८९ सिधै सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले व्यवस्था मिलाएको छ।

महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यको सो नम्बरमा फोन गरे उनले उपचार तथा स्वास्थ्य सहयोगका लागि जिल्लामा व्यवस्थापन मिलाउनेछन्। महाशाखाको हटलाइन नम्बर ०१–४१००१८७/०१–४२६२२६८ को पनि व्यवस्था मिलाइएको छ। मन्त्रालयले बाढीपहिरो पीडितलाई सरुवा रोगको जोखिम हुने भएकाले यस्तो व्यवस्था गरिएको स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले जनाएका छन्।

मन्त्रालयले प्रभावित जिल्लाका लागि केन्द्रबाट उपचार तथा व्यवस्थापन संयोजक आजैबाट खटाएको छ। बाढीपहिरो पीडितलाई पानीजन्य रोग र खाद्यान्न अभावका कारण विभिन्न स्वास्थ्य समस्या निम्तने खतरा रहन्छ। मन्त्री पोखरेलले पानी शुद्धीकरण गर्न आकस्मिक अवस्थामा चाहिने औषधि सहित प्रभावित क्षेत्रमा संयोजक परिचालन गरेको जानकारी दिए।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने