समाचार

डा. केसीको अनशनका सन्दर्भमा माग्ने बुढाको व्यंग्यः गरिबका छोराछोरी डाक्टर बने खलासी तिमी बस्छौ ?

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– डा गोविन्द केसी जनस्वास्थ्यका मुद्दा अघि सारेर अनशन बसिरहेका विषयमा लोकप्रिय हाँस्य कलाकार केदार घिमिरे माग्ने बुढाले व्यंग्य गरेका छन् । उनले बिरामी जाँचेर महंगा औषधि भिडाउने, कमिशन खाने, क्लिनिक बोलाउने  धन्दा गर्नुपर्ने भन्दै माग पूरा नगरिदिने सरकारलाई व्यंग्य कसेका हुन् । 

उनले गरिबका छोराछोरी डाक्टर बन्ने होइन, अरबको तातोमा सेकिन जन्मेको छेडखानी गर्दै लेखेका छन्, ‘अरुका छोराछोरीले ३५ लाखमा डाक्टर पढुन कि ७० लाखमा पढुन् के मतलब ? गरिबले किन पढ्नु प¥यो? ती माग्नेका सन्तानले  !  त्यत्रा म्यानपावर छन्, तिनले चाहिँ काम पाउनु परेन ? सबै डाक्टर हुन थाले भने ५५ डिग्रीको तातो घाममा कसले काम गर्छ ? तिमि गएर गर्छौ बुढा ?’


उनले फेसबुक स्ट्याटसमा गरेको व्यंग्य जस्ताको तस्तैः

भुवन केसी अहिलेसम्म अनशन बस्या सुन्या छैन। किरण केसी पनि छैन, सुस्मिता केसी पनि छैन । यी गोबिन्द केसीचैं किन जान्ने भएर अनसन बस्या ? डाक्टर भएसी खुरुखुरु बिरामी जाँच्नु, महंगा–महंगा औषधि सिफारिस गर्नु, त्यसबाट आउने कमिशन खल्तीमा हाल्नु,  सरकारी अस्पतालमा काम गर्नु, बिरामीलाइ यस्सो आँखा सन्काएर आफ्नै क्लिनिकतिर डाक्नु, त्यताबाट कमाउनु ।  कमाउनु पनि छैन, खानु पनि छैन, भोकै बस्या छ, कसरि हुन्छ ? अरुका छोराछोरीले ३५ लाखमा डाक्टी  पढुन् कि ७० लाखमा पढुन्  के मतलब ?

गरिबले किन पढ्नु पर्यो ?  ती माग्नेका सन्तानले ! त्यत्रा म्यानपावर छन्, तिनलेचैं काम पाउनु परेन ? सबै डाक्टर हुन थाल्यो भने ५५ डिग्रीको तातो घाममा कसले काम गर्छ ? तिमि गएर गर्छौ बुढा ?  अरबियन देशमा नेपालीको कति धेरै माग छ ।  हेर है गोबिन्द केसी, म्यानपावरको काम ठप्प पार्ने काम चाहिँ नगर नि भन्द्या छु । गरिबका छोराछोरी पनि डाक्टर हुन थाले भने ट्रयाक्टर कल्ले चलाउने ? मिनिबस कल्ले चलाउने ? खलासी को बस्नी ? तिमि बस्छौ ?

 मेडिकल कलेजबाट कति मालामाल भइरहेका छन्, भोलि तिनका गोजीमा कल्ले पैसो हाल्दिन्छ ? तिमीले हाल्दिन्छौ ? हेर गोविन्द मैले भन्या मान, यो देश लुट्ने खाने देश हो । त्यसैले आफूपनि लुट्न तिर लाग ।  बरु एउटा पार्टीको झोला बोकन, स्वास्थ्य मन्त्री पक्का ल  ! जगतको भलोतिर लागेर आफ्नो स्वाथ्य नबिगार !

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live