मुख्य समाचार

त्रिवि सिनेट बैठकमा डा. केसीका मागले प्रवेश नै पाएनन्, आइओएमले थप २ मेडिकल कलेज सञ्चालन गर्ने निर्णय

None

काठमाडौं-

काठमाडौं– त्रिभुवन विश्वाविद्यालय (त्रिवि) सिनेटको आज बसेको बैठकमा अनशनरत डा. गोविन्द केसीको मागका विषयले प्रवेश पाउन सकेनन्। डा. केसीले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को स्वायत्ततालाई २ नम्बर मागमा राखेका छन्। अघिल्लो सिनेट बैठकले मेडिकल कलेज सम्बन्धन, शुल्क निर्धारण र विद्यार्थी कोटा तोक्ने आइओएमको अधिकार खोसेर त्रिवि कार्यकारी परिषदमा लगेको थियो।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले पनि डा. गोविन्द केसीका मागका विषयमा कुरा उठाएनन्। डा. केसी २१ दिनदेखि आमरण अनशनमा छन्। आज बसेको सिनेट बैठकले सरकारले ७ प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने सम्बन्धमा त्रिवि अन्तर्गत थप दुई वटा प्रदेशमा आइओएमको आंगिक क्याम्पस सञ्चालन गर्ने निर्णय गरेको छ। आजको निर्णय अनुसार बुटवल र बर्दिबासमा सरकारले आइओएम अन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकले कलेज सञ्चालन गर्न पूर्वाधार र जनशक्तिका लागि सरकारलाई बजेट उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने