मुख्य समाचार

डा. केसीका मागबारे छलफल गर्न प्रधानमन्त्री देउवा र प्रचण्डसहित सरकारी वार्ता टोलीको बैठक

None

काठमाडौं-

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीका मागका सम्बन्धमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सरकारी वार्ता टोलीका सदस्यहरुसँग छलफल सुरु गरेका छन्।

छलफलमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, स्वास्थ्य सचिव डा. किरण रेग्मी, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव सहभागी छन्। बैठक दिउँसो ३ बजेबाट सुरु भएको हो। चिकित्सा शिक्षा विधेयकको विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। छलफलमा डा. केसी पक्षका वार्ता टोलीलाई भने बोलाइएको छैन।

डा. केसीले संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकमा असहमति जनाएका छन्। डा. केसी २१ दिनदेखि ११औँ आमरण अनशनमा छन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने