मुख्य समाचार

बाढी–पहिरोपछि स्वास्थ्यमा आउने जोखिम नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयका १० निर्देशन

स्वास्थ्य खबरपत्रिका

काठमाडौँ– अविरल वर्षासँग देशैभरि आएको बाढी–पहिरोका कारण स्वास्थ्यमा आउन सक्ने जोखिम न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन जारी गरेको छ। स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलको निर्देशनअनुसार स्वास्थ्य सचिव डा. किरण रेग्मीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन निर्देशन समितिको बैठकले देशभरिका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई १० वटा निर्देशन जारी गरेको हो।

१. सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र सम्पूर्ण कर्मचारी समेत आफ्नो कार्यक्षेत्रमा रही कार्य गर्न निर्देशन दिने। बिदा बसेकाहरू सबै बिदा छोट्ट्याई कार्यक्षेत्रमा फर्किने। 

२. यस विपदको व्यवस्थापन गर्न स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणी भण्डारीको संयोजकत्वमा विपद व्यवस्था कमिटी बनाई कार्यान्वयन गर्ने। सो कमिटिले हाल लाई चार वटा टोली बनाई प्रभावित क्षेत्रमा समन्वयका लागि विराटनगर, जनकपुर, रौतहट र नेपालगञ्ज पठाउने। कमिटीले दैनिक बिहान साढे  ९ बजे र साँझ ५ बजे स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमा भए/गरेका काम र जिल्लाको अवस्थाबारे जानकारी दिने। 

३. यस विपदबाट पर्न गएको क्षतिको तत्काल मूल्यांकन प्रतिवेनद अनुरूप कार्ययोजना बनाई विपद व्यवस्था कमिटीलाई कार्ययोजना दिन प्राविधिक सल्लाहकार समितिले प्राविधिक सहजीकरण गर्ने।

४. विपदको समयमा नियमित सम्पर्कमा रहनका लागी स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमा उपसचिव २४सै धन्टा सम्पर्कमा रहन सत्य आचार्य, भीम सापकोटा, लक्ष्मी मरासिनि, सञ्जिव गौतम र उपेन्द्र केसीलाई खटाउने। 

५. जिल्लाका स्वास्थ्य संस्थाहरूबाट स्कुलहरू र अन्य क्षेत्रमा शिबिरमा बसेका जनताको स्वास्थ्य अवस्था र उनीहरूलाई रोग लाग्न नसक्ने गरी स्वास्थ्य सुरक्षा विधिको नियमित अनुगमन गर्ने र सोको जानकारी र अवस्थको प्रतिवेदन क्षेत्र र स्वास्थ्य सेवा विभागको विपद व्यवस्थापन केन्द्रमा दैनिक रूपमा गराउने। 

६. रोगको रोकथाम र स्वास्थ्य सुदृढीकरण सम्बन्धमा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा सञ्चार केन्द्रले सूचना प्रवाह गर्ने।

७. प्रभावित जिल्लाका सबै अस्पतालमा ७ दिन प्रभावितहरूका लागि निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्न जिल्लाहरूलाई निर्देशन दिने।

९. बाढीपछि देखिने रोगहरू (जस्तैः झाडा पखाला, हैँजा, आउ, हेपाटाइटिस, टाइफाइड र सर्पदंश) देखापर्न सक्ने हुँदा आवश्यक, औषधि र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने।

१०. विपदमा खटिने स्वास्थ्यकर्मीहरूका लागी रेस्क्यु ज्याकेटको व्यवस्था गर्ने।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live