समाचार

अब मोबाइलमै औषधिको सबै विवरण

None

काठमाडौं-

काठमाडौं– नेपाली बजारमा कस्ता औषधि होलान? ती औषधिको प्रयोग के–केमा हुन्छ होला? तपाईसँग पनि यस्ता जिज्ञासा छन् भने अब ती जिज्ञासा सहजरुपमै समाधान हुने भएको छ। किनकि नेपालमा पाइने औषधिको विवरण अब आफ्नै मोबाइलमा हेर्न सकिने भएको छ।

नेपाली औषधि उत्पादक कम्पनी ‘म्याग्नस फर्मा’ले नेपाली बजारमा पाइने सबै एलोपेथिक औषधिको विवरण रहेको मोबाइल एप बनाएको छ। ‘नेप्लिज इन्डेक्स अफ ड्रग्स’ (एनआइडिएस–निड्स) नामक एपमा नेपालमा रहेका सबै औषधिको जेनेरिक र ब्रान्डसम्बन्धी जानकारी पाइनेछ। 

विशेषगरी स्वस्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीका लागि उपयोगी यो एप मार्फत सर्वसाधारणले समेत आफूले खाइरहेको औषधिबारे विस्तृत जानकारी लिन सक्ने म्याग्नस फर्माका बजार निर्देशक सुधिर प्रकाश मास्केले जानकारी दिए। हाल एन्ड्रोइड मोबाइलमा डाउनलोड गर्न सकिने उक्त एप छिट्टै आइफोनमा समेत आउने मास्केले बताए। 

‘औषधिको विवरण सजिलै मोबाइलमा हेर्न सकिने नयाँ आयामको सुरुवात भएको छ,’ मास्केले भने, ‘यो  सँगै औषधिको क्षेत्रमा अन्य नवीनतम योजना समेत ल्याउने तयारीमा जुटेका छौं।’
निड्स एपलाई गुगल प्लेस्टोरमा गई 'एनआइडिएस' टाइप गरी आफ्नो मोबाइल फोनमा डाउनलोड गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने