मुख्य समाचार

नेता निधिको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा अस्पतालमा

स्वास्थ्य खबरपत्रिका

तस्बिर : रोशन सापकोटा, रासस


काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्। 

आज बिहान चावहिलस्थित ओम अस्पतालमा पुगेर उनले त्यहाँ उपचाररत नेता निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियाले जानकारी दिए। 

सोमबार राति अचानक पेट दुखेपछि नेता निधि चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए। नेता निधिलाई ग्यासट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा संलग्न डा राहुल पाठकले जानकारी दिए। 

नेता निधिको आज बिहान सफलतापूर्वक इण्डोस्कोपी गरिएको पत्रकार रामजी दाहालले जानकारी दिए। चिकित्सकले नेता निधिलाई केही दिन आराम गर्न सल्लाह दिएका छन्। रासस 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live