मुख्य समाचार

भरतपुर अस्पतालमा यी तीन रोगको उपचारमा एक लाख छुट, डायलाइसिस निःशुल्क

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– चितवनको भरतपुर अस्पतालमा विपन्न नागरिकका लागि मिर्गौलाको हेमोडायलाइसिस सेवा निःशुल्क र तीनवटा रोगमा एक लाखसम्मको उपचार निःशुल्क हुने भएको छ।

स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पताललाई पनि विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका अनुसार उक्त सेवा प्रदान गर्न सूचिकृत गरेको हो।

मन्त्रालयबाट सूचिकृत भएसँगै अस्पतालले विपन्न नागरिकका लागि मुटु, हेड इन्जुरी र स्पाइनल इन्जुरीमा एक लाख रुपैयाँसम्मको उपचार व्यहोर्नेछ। यस्तै, मिर्गौलाको हेमोडायलाइसिस सेवा भने निःशुल्क हुनेछ। अस्पतालले हेमोडायलाइसिसका लागि १२ वटा नयाँ मेसिन ल्याएको छ। यसैगरी, अस्पतालले हेड इन्जुरी लगायत न्युरोसँग सम्बन्धी सर्जरी सेवा पनि भर्खरै सुरु गरेको छ।

मन्त्रालयले अस्पताललाई निःशुल्क सेवा प्रदान गर्ने अस्पतालका रुपमा सूचिकृत गरेको पत्र शुक्रबार प्रदान गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. रुद्र मरासिनीले बताए। सूचिकृत पत्र अनुसार विपन्न नागरिकलाई सेवा दिएको विवरण अस्पतालले संकलन गरेर स्वास्थ्य सेवा विभागमा पठाउनुपर्ने हुन्छ। उक्त विवरणका आधारमा विभागले आवश्यक अनुसन्धान गरेर अस्पताललाई उपचार बापतको रकम भुक्तानी गर्नेछ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live