मुख्य समाचार

सर्वोच्चको आदेशविपरीत काठमाडौं नेसनललाई सम्बन्धन दिएको खुलासा (फैसला सहित)

img

दुर्गा दुलाल

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सर्वोच्च अदालतको फैसला विपरित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको तथ्य फेला परेको छ। 

सर्वोच्चको २०७३ फागुन १९ को फैसलाविपरित त्रिभुवन विश्वविद्यालयले काठमाडौँ नेसनललाई सम्बन्धन दिएको खुलेको हो। 

त्रिवि पदाधिकारीले सम्बन्धनकै सम्बन्धमा सर्वोच्चको दोस्रो फैसला आइसकेपछि पहिलो आदेशको आधारमा सम्बन्धन दिएको हो।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको फागुन १९को संयुक्त इजलासको फैसलामा भनिएको छ, ‘प्रा केदारभक्त माथेमाको कार्यदलको प्रतिवेदन, नेपाल सरकारले डा गोविन्द केसीसँग गरेको सहमति तथा यस सम्बन्धमा मन्त्रिपरिषदबाट निर्णय भई २०७१ कात्तिक २५ मा लेखिएको पत्रको मूल अभिप्राय चिकित्सा शिक्षामा गुणस्तरीयता कायम गर्ने कुरामा केन्द्रित रहेको देखिन आउँछ। यस प्रकार भएका कामकारबाहीलाई अपहेलनाको विषय बनाउनु उचित हुँदैन।’

सर्वोच्चको अघिल्लो आदेश कार्यान्वयन नभएको भन्दै कलेज सञ्चालक डा जैनुद्दिन अन्सारीले २०७१ कात्तिक १७ मा अवहेलना मुद्दा दर्ता गराएका थिए । त्यसमाथि न्यायाधीशद्वय खतिवडा र केसीको संयुक्त इजलासले उक्त अवहेलना मुद्दा खारेज गरेको थियो। 

सो संयुक्त इजलासले चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तयार गर्न, नीति तयार नभएसम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिन, सम्बन्धन लिने प्रक्रिया अगाडि बढाएको भए यथास्थितिमा राख्न र सरकार र चिकित्सक संघबीचको सम्झौता कार्यान्वयन गर्ने जस्ता आधारमा टेकेर फैसला सुनाएको थियो।

त्यसअघि अन्सारीले नै दायर गरेको रिटमा तत्कालीन प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले २०७१ साल भदौ ३१ मा ‘शैक्षिक सत्र सुरू हुनुभन्दा अगावै सम्बन्धन दिने विषयमा कानुन बमोजिम निर्णय गर्नु’ भन्ने अस्पष्ट आदेश जारी गरेको थियो। 

यो आदेशमा त्रिविले कुनै जवाफ नदिएपछि अन्सारीले अवहेलना मुद्दा हालेका थिए। अहिले भने त्रिवि कार्यकारी परिषदले दोस्रो फैसला उलंघन गर्दै पहिलो आदेशमै टेकेर सम्बन्धन दिएको हो।

त्रिविले काठमाडौं नेसनल मेडिकल कलेजलाई दियो सम्बन्धन

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live