मुख्य समाचार

दर्जा हेरेर उपचारमा भेदभाव नगर्न प्रहरी महानिरीक्षकको निर्देशन

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी अस्पतालमा उपचारका लागि आउने प्रहरी कर्मचारीको दर्जा अनुसार भेदभाव हुने गुनासो तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्।

नेपाल प्रहरी अस्पतालमा थप गरिएको ‘पोस्ट अपरेटिभ वार्ड’को सोमबार उदघाट्नपछि महानिरीक्षक अर्यालले अस्पतालले दिने सेवा दर्जा र हैसियतका आधारमा असमान हुन नहुने बताएका हुन्।

प्रहरी प्रधान कार्यालयका अनुसार १४ शय्याको उक्त वार्ड अस्पतालको वार्षिक विनियोजित रकम अन्तर्गत करिब १ करोड ३८ लाख रुपैयाँ लागतमा निमार्ण भएको हो।

प्रहरी महानिरीक्षक अर्यालले प्रहरीहरु शारीरिक रुपमा सक्षम र स्वस्थ रहनुपर्ने हुनाले उच्च मनोबल राख्न स्वास्थ्य सेवा महत्वपूर्ण रहेको बताए। उनले क्षेत्रीय प्रहरी अस्पताललाई समेत सुविधा सम्पन्न गराउँदै लैजान प्रहरी मुख्यालयले योजना बनाएको जानकारी दिए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live