मुख्य समाचार

नेसनलको सम्बन्धनबारे सोधपुछ गर्न त्रिवि उपकुलपति खनियाँलाई बोलाइयो

स्वास्थ्य खबरपत्रिका

त्रिविका उपकुलपति तीर्थ खनियाँ


काठमाडौं– डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता कार्यान्वयनको अनुगमन गर्न गठित समितिले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई सोधपुछका लागि बोलाएको छ। 

औचित्य समाप्त भइसकेको सर्वोच्च अदालतको फैसलमा टेकेर त्रिविले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएपछि समितिले आज उपकुलपति खनियाँलाई सोधपुछका लागि बोलाएको हो। समितिले काठमाडौं नेसनलका विषयमा सर्वोच्च अदालतका दुवै फैसला अध्ययन गरेपछि त्रिविले कानुन मिचेको ठहर गरेको छ। 

त्रिविका प्राध्यापक कपिल श्रेष्ठको संयोजकत्वमा रहेको अनुगमन समितिमा अधिवक्ता ज्योति बानियाँ, शिक्षा मन्त्रालयका सहसचिव तुलसी थपलिया र चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का एसोसिएट डिन डा शरद वन्त सदस्य छन्। समितिले डा. केसीसँग भएको सम्झौता विपरित र अदालतको आदेश विपरित के आधारमा र किन सम्बन्धन दिइयो भन्ने बारे खनियासँग छलफल गर्ने तय भएको छ।

त्रिवि कार्यकारी परिषद्ले डा केसी ११औं अनशनमा रहेकै बेला गुपचुपमै काठमाडौं नेसनललाई सम्बन्धन दिएको थियो।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live