मुख्य समाचार

स्वास्थ्य मन्त्रालयका ५ कर्मचारीको सरुवा

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– स्वास्थ्य मन्त्रालयले आफू मातहतका ५ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वस्थ्यमन्त्री स्तरीय निर्णयबाट कर्मचारीको सरुवा गरिएको हो। 

मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुख भोगेन्द्र डोटेल पुनर्जागरण महाशाखामा सरुवा भएका छन्। नीति तथा योजना महाशाखामा केही दिन अघि वीर अस्पतालका डा श्रीकृष्ण गिरीलाई ल्याइएपछि उनी जिम्मेवारी विहीन थिए। यसैगरी, आपूर्ति महाशाखा प्रमुख भीमसिंह तिंकरीलाई व्यवस्थापन महाशाखाको प्रमुख बनाइएको छ। 

स्वास्थ्य मन्त्रालयमा कार्यरत मोहम्मद दाउदलाई कुष्ठरोग महाशाखा प्रमुख बनाई सरुवा गरिएको छ। यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा रमेश खरेललाई मन्त्रालयले आपूर्ति महाशाखा प्रमुखको जिम्मेवारी सुम्पिएको छ। यसैगरी, व्यवस्थापन महाशाखाका प्रमुख विकाश देवकोटा स्वास्थ्य मन्त्रालय तानिएका छन्। 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live