मुख्य समाचार

डा गोविन्द केसीलाई सप्तरीमा उच्च तहको सुरक्षा 

दीपक खरेल

फाइल तस्बिर

काठमाडौं– प्रहरीले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सहयोग र उपचारका लागि बिहीबार सप्तरी जान लागेका डा गोविन्द केसीलाई उच्च तहको सुरक्षा दिने भएको छ।

मेडिकल माफियाविरुद्ध अनवरत रुपमा लामो समयदेखि संघर्षरत सत्याग्रही डा केसीमाथि खतरा हुनसक्ने आँकलन गरी उनलाई उच्च तहको सुरक्षा दिइने भएको हो। 

प्रहरी प्रवक्ता डिआइजी पुष्कर कार्कीका अनुसार हालसम्म सुरक्षा थ्रेटको सूचना नरहे पनि संवेदनशील र महत्वपूर्ण व्यक्ति भएकाले क्षेत्र र जिल्लाको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ। उनले भने, ‘उहाँको सुरक्षाका लागि प्रहरी संवेदनशील छ।’ 

प्रदेश प्रहरी कार्यालय (पूर्व क्षेत्रीय प्रहरी कार्यालय) का डिआइजी रमेश भट्टराईले पनि डा केसीको २४ घन्टै सुरक्षाका लागि जिल्ला प्रहरी र जिल्ला सुरक्षा संयन्त्रसँग छलफल भइरहेको जानकारी दिए। 

सप्तरी प्रहरी प्रमुख एसपी मुकेश सिंहले डा केसीलाई उच्च तहको सुरक्षा दिनेसम्बन्धमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको बताए। उनका अनुसार डा केसी सप्तरी रहुन्जेल उनको सुरक्षाका लागि प्रहरी तैनाथ रहनेछन्। यस्तै, प्रहरीले डा केसीको सुरक्षा थ्रेटका विषयमा समेत गोप्य सूचना संकलन कार्य गरिरहेको छ। 

‘डा केसीको सुरक्षाका विषयमा प्रहरी प्रधान कार्यालय र क्षेत्रबाट निर्देशन आएको छ, हामी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउँदै छौं। २४सै घन्टा उच्च तहको सुरक्षा दिने तयारी छ,’ एसपी सिंहले स्वास्थ्यखबरसँग भने। सीमावर्ती क्षेत्रमा आपराधिक समूहको चलखेल बढी हुने भएकाले पनि प्रहरीले डा केसीको सुरक्षामा उच्च सतर्कता अपानाउने भएको हो।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live