मुख्य समाचार

यी हुन् काठमाडौं नेसनललाई सञ्चालन अनुमति दिलाउने काउन्सिलका पदाधिकारी

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– पूर्वाधर नै नभएको काठमाडौं नेसनल मेडिकल कलेजलाई सञ्चालन अनुमति दिलाउन मेडिकल काउन्सिलका तीन जना पदाधिकारीले सिफारिस गरेको भेटिएको छ।

शिक्षा मन्त्रालयको २०६९ साल साउन २ को निर्णय अनुसार स्थलगत निरीक्षणका लागि काउन्सिलका तत्कालीन उपाध्यक्षसहित तीन सदस्य घट्टेकुलो स्थित काठमाडौं नेसनलको शिक्षण अस्पताल निरीक्षणमा गएका थिए। 

काउन्सिलका तत्कालीन सदस्य डा. अनिल झाको संयोजकत्वमा गएको निरीक्षण टोलीमा तत्कालीन उपाध्यक्ष डा. शशि शर्मा र सदस्य डा. सरोज श्रेष्ठ सहभागी थिए। टोलीले बेसिक साइन्स भवन निर्माण भई आवश्यक सामानहरु जडान भएको, ३ सय बेड तयार भइसकेको र ओपिडी सेवा सञ्चालनमा रहेको प्रतिवेदन शिक्षा मन्त्रालयमा पेश गरेको थियो। स्वास्थ्यखबरलाई प्राप्त प्रतिवेदनको निष्कर्षमा भनिएको छ, ‘उल्लेखित पूर्वाधारहरुको स्थलगत निरीक्षण गर्दा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाउन सकिने पाइयो।’ उक्त प्रतिवेदनलाई काउन्सिलको फुल हाउसले समेत पारित गरेको थियो।

अहिले पनि पूर्वाधान नै नपुगेको काठमाडौं नेसनलको शिक्षण अस्पताल २०६९ सालमा काउन्सिल टोलीले निरीक्षण गर्दा झन् बेहाल अवस्थामा थियो। तर, टोलीले भने कलेजलाई सम्बन्धनका लागि योग्य रहेको प्रतिवेदन पेश गरेको हो।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live