मुख्य समाचार

काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन स्थगित

img

डिबी खड्का

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन स्थगित गरेको छ । चिकित्सा शिक्षा सुधारको मर्म विपरित मापदण्ड पनि नपुगेको काठमाडौं नेशनललाई गुपचुपमा सम्बन्धन दिएको समाचार स्वास्थ्य खबर डटकमले सार्वजनिक गरेको थियो । त्रिविको उक्त कार्यकाे चौतर्फी विरोध भइरहेको थियो।

कलेजको अस्पतालले स्वास्थ्य मन्त्रालयबाट स्वीकृति नलिएको र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० पूरा  नगरेको पनि भेटिएको थियो । यिनै समाचारलाई आधार बनाएर त्रिविले तत्कालका लागि सम्बन्धन स्थगित गरेको हो।

त्रिवि स्रोतले स्वास्थ्यखबरलाई बताए अनुसार काठमाडौँ नेशनल मेडिकल कलेजको अस्पताल सञ्चालनको सम्बन्धमा सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्ने गरी एक समिति पनि गठन गरिएको छ  ‘कलेजको अस्पताल सञ्चालनको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन भनेर समिति गठन गरिएको छ । समितिले प्रतिवेदन नबुझाएसम्मका लागि सम्बन्धन स्थगित गर्ने निर्णय गरिएको हो,’ स्रोतले भन्यो।

त्रिवि कार्यकारी परिषद्ले २०७४ साउन १२ गते अस्थायी सम्बन्धन दिने निर्णय गरेको थियो । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसँग भएको सम्झौता र माथेमा कार्यदलको प्रतिवेदनको सुझाव विपरित सम्बन्धन दिइएको थियो। 
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live