मुख्य समाचार

स्वास्थ्यमा सरल पहुँचको प्रतिबद्धता सहित सुरु भयो मालदिभ्स सम्मेलन  

img

डिबी खड्का

माले - राष्ट्रका सबै नागरिकलाई स्वास्थ्यमा सरल पहुँच पुर्‍याउन  दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको पाँचदिने सम्मेलन सुरु भएको छ। विश्व स्वास्थ्य संगठनको समन्वयमा माल्दिभ्समा सुरु भएको मन्त्रिस्तरीय सम्मेलनमा सहभागी राष्ट्रहरुले नागरिकलाई स्वास्थ्यमा सरल पहुँच पुर्‍याउने रणनीति बनाउने बताएका छन्।

सम्मेलनको उद्घाटन समारोहमा बोल्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरोस एडानोमले महंँगिएको स्वास्थ्य सेवालाई अन्त्य गर्ने विषयमा सम्मेलन फलदायी हुनेमा आशा व्यक्त गरे। उनले भने, 'खानेकुरा किन्ने कि औषधि भन्ने स्थिति धेरै राष्ट्रमा छ, त्यो स्थितिको अन्त्य गर्ने उपायहरु सम्मेलनले खोज्नुपर्छ।'

दक्षिण पूर्वी एसियाका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशक पुनम क्षत्रपालले सबैलाई स्वास्थ्यको पहुँच पुर्‍याउने उद्देश्यले सम्मेनल आयोजना गरिएको बताइन्। 'दक्षिण पूर्वी एसियाली मुलुकहरुले भोगिरहेको स्वास्थ्य समस्या उस्तै र गम्भीर खालका छन्। ती सबै समस्या समाधानका उपायबारे सम्मेलनमा छलफल हुनेछ। त्यसको कार्यान्वयन लागि सहभागी राष्ट्रहरुले प्रतिवद्धता व्यक्त गर्नेछन,' उनले भनिन्। 

राष्ट्रको आर्थिक विकासका लागि स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने एजेन्डामा सम्मेलनमा छलफल हुनेछ।

मलेरिया र हात्तीपाइले रोग उन्मूलन गरेका माल्दिभ्स, श्रीलंका र भुटान तथा एचआइभी बिरामीको उपचारमा उल्लेख्य सुधार ल्याउन सफल थाइल्यान्डलाई कार्यक्रममा सम्मान गरिएको थियो। सेप्टेम्बर १० सम्म चल्ने १७औं स्वास्थ्य सम्मेलनमा  बंगलादेश, भुटान, दक्षिण कोरिया, माल्दिभ्स, इन्डोनेसिया, म्यानमार, श्रीलंका, थाइल्यान्ड र  नेपाल सहभागी छन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live