अन्तर्वार्ता

‘नागरिकको गुणस्तरीय उपचार पाउने अधिकार सुनिश्चित गर्छु’

स्वास्थ्य खबरपत्रिका

नेपाल मेडिकल काउन्सिलको आसन्न निर्वाचनमा डा पुष्पमणि खरालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। चिकित्सा शिक्षा सुधारका लागि आवाज उठाउँदै आएका खरालसँग उनको उम्मेदवारी र योजनाका विषयमा गरिएको कुराकानी :

मेडिकल काउन्सिलको उपाध्यक्षमा तपाईलाई किन मत दिने ?

विगत केही वर्षदेखि नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघको कामलाई नजिकबाट नियालिरहेको छु । काउन्सिलको विकृतीका विषयमा सन् २००४ देखि नै आवाज उठाइरहेको छु । चिकित्सा शिक्षा सुधार अभियानमा बाहिर बसेर पनि धेरै सघाएको छु। डा गोविन्द केसीको अभियानदेखि अन्य सबै अभियानमा म निरन्तर लागिरहेको छु । बाहिरबाट भन्दा पनि अब नीति निर्माण गर्ने तहमा गएर सकारात्मक परिवर्तन ल्याउनु पर्छ भन्ने मलाई लाग्यो । त्यही भएर काउन्सिलमा उठ्ने निधो गरेँ। चिकित्सा शिक्षाको सुधार नगरी जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्दैनन् । त्यसकारण काउन्सिलको विकृती रोक्न र गुणस्तरीय स्वास्थ्य सेवाको विकासका लागि मलाई मत दिनुहुन्छ भन्ने विश्वास लिएको छु । चिकित्सा शिक्षा सुधारका लागि डा केसीले फेरी अनसन बस्न नपरोस भन्ने हामी सबैको चाहना पनि हो । 

काउन्सिलमा गएपछि के गर्नुहुन्छ ?

पछिल्लो समयमा नेपाल मेडिकल काउन्सिल मेडिकल कलेजको सिट बढाउने र घटाउने काममा मात्र बढी केन्द्रित देखिएको छ । काउन्सिलको जुन फराकिलो दायरा थियो, त्यो साँघुरिदै गएको छ। यसकारण पहिला त यसको कार्यक्षेत्र नै फराकिलो बनाउनु पर्नेछ। काउन्सिलले दक्ष चिकित्सक उत्पादनमा जोड दिएर नागरिकको गुणस्तरीय उपचार पाउने अधिकार सुनिश्चित गर्नुपर्छ । मेरो काम यतैतिर केन्द्रित हुने छ । यसका लागि मैले एजेन्डा र योजना बनाएको छु । चिकित्सा शिक्षामा ग्राजुयट र पोष्ट ग्राजुयटको अध्यनमा निकै ठूलो खाडल छ । ग्राजुयटमा धेरै उत्पादन तर पोष्ट ग्राजुयटमा निकै कम छ । माग अनुसार सिट छैन । यो खाडल पुर्ने काम अगाडि बढाउने छु । काउन्सिलको व्यवस्थापन सुधार्न विगतमा ऐनले रोकियो भनिँदै आएको छ । काम लिएर काउन्सिलमा पुगेका डाक्टरलाई झ्यालबाट चिहाएर काम गर्नुपर्ने बाध्यता छ । त्यो झ्याल भत्काएर डाक्टरहरु बस्न मिल्ने ‘लन्ज’ बनाउन कुन कानुनले रोकेको छ ? काउन्सिलमा बैंकको काउन्टर खोल्न कुन कानुनले रोक्छ ? काउन्सिलका पदाधिकारीको व्यवहार सुधारर्न कुन कानुनले रोक्छ ? अनलाइनबाट काम अगाडि बढाउन कुन कानुनले रोक्छ ? यी सबै एउटै निर्णयमा गर्नसकिने काम हो। म यी सबै कामलाई व्यवस्थित गर्नेछु ।

काउन्सिलको नेतृत्वमा जान ठूलै पैसाको चलखेल हुन्छ भन्ने आरोप छ नी ?

विगतमा यस्ता हल्ला व्यापक थियो । यो कुरा मैले पनि सुनेको छु । नेपाल मेडिकल काउन्सिलमा कलेजको अनुगमन गर्ने र सिट तलमाथि गर्ने, कागजी प्रक्रिया मिलाएर फाइदा लिने प्रवृत्ति हावी थियो । त्यही भएर काउन्सिलमा आफू अनुसारको पदाधिकारी ल्याउन त्यस्तो चलखेल हुने गथ्र्यो । हालसालै नेसनल कलेजको काण्डले पनि प्रष्ट पारेको छ । योसँगै अन्य विकृतीमा काउन्सिलका पदाधिकारी संलग्न रहेको कुरा बाहिर आएकै हो । यो विकृतीमा सहभागी नभएकाले पनि आवाज उठाउन सकेनन् । ‘नोट अफ डिसेन्ट’ लेख्न सक्थे । त्यो पनि भएन । यसकारण यस्तो प्रवृत्तिलाई जरैदेखि नउखले चिकित्सा शिक्षाको समस्या समाधान हुँदैन। 

पदमा पुगेपछि तपाई पनि त्यस्तै हुने त होला ?

त्यस्तो हुँदैन । विगतमा पुराना व्यक्तिहरु गएर जसरी नराम्रा कुराहरु, विकृतीहरु त्यहाँ ल्याए, तिनिहरुलाई फेरी दोहोरीन दियौँ भने समस्या आउला । तर, हामी काम गर्ने मानिस हौँ । हामी प्रणाली सुधारौँ भन्ने सोच भएका हौँ । केही गर्छु भन्ने अठोट बोकेर हिँडेको छु । हामी नयाँसँग धेरैले आश पनि गरेका छन् । 
हामीले सोचे अनुसारको राम्रो टिम बन्न सकेन भने सोच अनुसारको काम नहोला । तर म सबैले राखेको आशलाई निराशामा परिणत हुन दिन्न। काम गर्न सकिएन भने आवाज लुकाएर बस्दिन । आवाज उठाउँछु । सबैकुरा उजागर गर्छु। 

तपाईले चोहेको काउन्सिल कस्तो हो ?

काउन्सिल पुरै पारदर्शी हुनुपर्छ । डाक्टरले गुणस्तरीय सेवा दिन ‘हिपोक्र्याट ओथ’ आएका छन् । त्यो ‘ओथ’ अनुसारको काम भएको छ÷छैन भनेर हेर्ने काम काउन्सिलको हो । काउन्सिल राजनीतिबाट पुरै टाढा बस्नुपर्छ । गुणस्तरीय उपचार पाउनु पर्ने बिरामीले त्यो अनुसारको सेवा पाएकी पाएनन् हेर्ने पनि काउन्सिले नै हो । डाक्टरले बिरामीलाई समय दिएको छ कि छैन भन्ने हेर्ने पनि काउन्सिले नै हो । त्यसकारण काउन्सिल विकृती रहित हुनुपर्छ ।


‘मेडिकल काउन्सिलको विकृति बढार्दै डाक्टरको साख जोगाउँछु’

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live