घरमै डाक्टर

बालबालिकामा हुने ब्रेन क्यान्सर के हो ? लक्षण के के हुन् ?

स्वास्थ्य खबरपत्रिका

तस्बिर वान्लीमाइहेल्थ


ब्रेन क्यान्सर बालबालिकामा हुने क्यान्सरहरुमध्ये दोस्रो मुख्य क्यान्सर भएको संसारभरिको तथ्यांकले बताउँछ। मस्तिष्कको क्यान्सरमा टाउको दुख्ने, वाकवाकी, वान्ता, दृष्टि कमजोर, चक्कर लाग्ने, हातखुट्टामा कमजोरी र छारे रोगजस्ता लक्षण देखिन्छ। मस्तिष्कमा धेरै प्रकारका स्नायु कोषहरु हुनाले मस्तिष्कको क्यान्सर पनि धेरै प्रकारका हुन्छन्। प्रत्येक प्रकारका क्यान्सरको आ–आफ्नै उपचार पद्दति र सफलताहरु छन्।

लक्षणका आधारमा टाउकोको सिटी स्क्यान वा एमआरआई जस्ता जाँचपछि यो रोगको निदान हुन्छ। यो रोगको मुख्य उपचार शल्यक्रिया नै हो। रेडियोथेरापी र केमोथेरापीबाट पनि यसको उपचारमा सफलता मिलेको छ। तीन वर्षमुनिका नानीहरुलाई भने रेडियोथेरापीले मस्तिष्कमा गम्भीर असर हुने हुनाले यो गरिँदैन। स्नायुकोषका सुरुवाती अपरिपक्व कोषहरु जुन गर्भको भ्रुणमा विकसित हुन्छ, यसबाट उत्पन्न क्यान्सरलाई Neuoblastoma भनिन्छ। यो क्यान्सर प्रायः एक वर्षको हाराहरीका बच्चाहरुमा हुने गर्छ। बच्चा पाँच वर्ष हुनुअगावै यस रोगको पहिचान भइसकेको हुन्छ।

यो रोगमा सबैभन्दा बढी देखिने लक्षण पेटमा छाम्दा भेटिने ट्युमरपेटको दुखाइ र खुट्टाहरु सुन्निनु हो। पेटछाती र घाँटीमा पलाउने Neuoblastoma ले नजिकको नशाहरुलाई थिची अन्य लक्षणहरु देखापर्न सक्छ। क्यान्सर सबैभन्दा बढी हाडमा फैलिने हुनाले हड्डीमा दुखाइ तथा भाँचिने हुन सक्छ। युएसजी गरेर शरीरका विभिन्न भागमा Neuoblastoma को पहिचान गर्न सकिन्छ भने एक्स रे गरेर हड्डीमा भएको फैलावट थाहा पाउन सकिन्छ। पिसाव र रगतमा यस ट्युमरले निकाल्ने केही पदार्थको जाँचबाट पनि यो क्यान्सरको निदान हुन्छ। ट्युमरको बायस्पीबाट यो रोगको थप पहिचान हुन सक्छ। Neuoblastoma को उपचारका लागि शल्यक्रियाका साथै केमोथेरापी र रेडियोथेरापी पनि गरिन्छ।

वयस्कहरुलाई क्यान्सर लाग्ने कारण जीवनशैली मानिए पनि बच्चाहरुमा यसको प्रभाव त्यति धेरै हुँदैन। यिनीहरुलाई क्यान्सर हुने मुख्य कारण बच्चा नजन्मदै वा शिशु अवस्थामा छँदै शरीरका कोषहरुको विभाजन हुँदा यसभित्रका डिएनएमा अस्वभाविक परिवर्तनलाई मानिन्छ। विकीरणचुरोटको धुँवा र रसायनिक पदार्थका कारणले पनि बच्चामा क्यान्सरको शुरुवात हुन सक्छ।

विश्वव्यापी तथ्यांक अनुसार प्रत्येक वर्ष १५ वर्षमुनिका एक लाख ६० हजार बालबालिकालाई क्यान्सर हुने गर्छ। तीमध्ये ९० हजारको मृत्यु हुन्छ। नेपालमा प्रत्येक वर्ष एक हजार एक सयदेखि एक हजार ६ सयसम्म बच्चाहरुमा क्यान्सर रोग हुने गरेको अनुमान छ।

- डा. गणेन्द्रभक्त राय

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live