विश्व स्वास्थ्य

डाक्टर तथा बिरामीले हेर्नैपर्ने १० मिनेटको यो मनछुने फिल्म

स्वास्थ्य खबरपत्रिका

एजेन्सी- आरती बग्डीले 'टाइम' (समय) नामक एउटा छोटो फिल्म बनाएकी छन् । फिल्म जम्मा १० मिनेटको छ । फिल्ममा एउटा विद्यार्थी शिक्षिकाको सहयोगमा कसरी डाक्टर बन्छन् र ४० वर्षपछि तिनै शिक्षिकालाई डाक्टरले कसरी सहयोग गर्छन् भन्ने कथा छ।

मनछुने कथा भएको यो फिल्म अहमद फैयाजले लेखेका हुन् ।

फिल्ममा अस्पतालको ओपिडीमा कोटा अनुसारको बिरामी जाँच गरिसकेपछि डा. विजयको सहयोगीले एक वृद्धालाई हेरिदिन आग्रह गर्छिन् । झन्डै एक घन्टा ढिलो भैसकेका ती डाक्टरले वृद्धाको रिपोर्ट हेर्छन् । रिपोर्ट हेर्ने बित्तिकै डाक्टरले आफू अर्थोको डाक्टर नभएकाले अर्थोपेडिक्सलाई देखाउन सहयोगीलाई भन्छन्।

तर, सहयोगीले हेर्न आग्रह गरेपछि झ्यालबाट वृद्धालाई नियाल्छन् र भित्र पठाउन भन्छन् । वृद्धा आएलगत्तै डाक्टरले उनलाई चिनिहाल्छन् । तर वृद्धाले डाक्टर चिन्दिनन् । डाक्टरले ४० वर्षपछि देखेका ती वृद्धा को थिइन् ? हेर्नुस् फिल्म:

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live