समाचार

डाक्टरी विद्यार्थीले गरे बाढी प्रभावितलाई सहयोग

None

काठमाडौं-

काठमाडौँ— एमबिबिएस अध्ययनरत विद्यार्थीले व्यक्तिगत सहयोग संकलन गरि तराईका बाढी प्रभावितलाई सहयोग गरेका छन्। पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले रकम संकलन गरेर रौतहटमा स्वास्थ्य शिविर र राहत वितरण गरेका हुन्।

विद्यार्थीले रौतहटको राजपुर नगरपालिकाको ओकलवा गाउँमा एक दिने स्वास्थ्य शिविर गरी ४ सय ५० जनाको उपचार गरेका छन्। उनीहरुले कलेजका विद्यार्थी, प्रध्यापक र स्थानीयसँग एक लाख १० हजार रकम संकलन गरेका थिए। 

उक्त रकमबाट रौतहटकै करुणीया नगरपालिकाको मुसहर वस्तीका ६५ परिवारलाई लत्ताकपडा, ब्ल्याङकेट, सुपानेट झुल, विद्यार्थीकालागि स्टेशनरीका सामग्री र खाद्यसामग्री समेत वितरण गरेको एमबिबिएस अन्तिम वर्षका विद्यार्थी छवि पौडेलले जानकारी दिए । उनका अनुसार स्वास्थ्य शिविरमा उपचार गरिएका बिरामीलाई निशुल्क औषधि पनि वितरण गरिएको थियो । 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने