समाचार

कान्तिपुर डेन्टलले समुदायमा पुगेर मुख क्यान्सरको नि:शुल्क परिक्षण गर्ने

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर (केडिसी)ले समुदायस्तरमा पुगेर मुख क्यान्सरको नि:शुल्क परिक्षण (ओरल क्यान्सर स्क्रिनिङ) कार्यक्रम सुरु गरेको छ।

केडिसीले नि:शुल्क शिविर माफर्त मुख तथा दन्त स्वास्थ्यको परीक्षण गर्दै समुदायलाई जागरुक गराउने बताएको छ। मुखको क्यान्सर लाग्नबाट जोगाउन तथा क्यान्सर भैसकेकाको समयमानै उचित उपचार गराउन यो कार्यक्रम सुरु गरिएको अस्पतालले जनाएको छ।

केडीसीले हरेक महिनाको अन्तिम सोमबार विभिन्न स्थानमा ओरल क्यान्सर स्क्रिनिङ प्रोग्राम राख्ने कार्यक्रम तय गरेको छ। जसअन्तर्गत पहिलो कार्यक्रम टोखा नगरपालिकाको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा भएको डा. स्मिता ढकालले जानकारी दिइन्।

उनका अनुसार समुदायस्तरमा चुरोट खैनी, गुट्खा लगायतका सुर्तीजन्य पदार्थ सेवन गर्नेहरु धेरै हुने र उनीहरुमा मुखको क्यान्सर हुने सम्भावना अत्यधिक हुने भएकाले टोलटोलमा पुगेर परीक्षण गर्न लागिएको हो। 

यो कार्यक्रममा मुख, दाँत तथा गिँजामा घाउ आएको सुन्निएको वा अरु समस्या भए नभएको हेरिन्छ । त्यसबाहेक टोलीले टोलुडिन व्लु स्टाइनिङ भन्ने पदार्थको मुखमा राखी हेर्ने गर्दछ ।यो पदार्थले क्यान्सरको प्रारम्भिक चरण छ भने संकेत देखाउने डा ढकालले बताइन ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live