मुख्य समाचार

रुपन्देहीका १ सय ५० ल्याबमध्ये ३० मात्रै दर्ता, क्लिनिकको अवस्था पनि उस्तै 

 चन्द्रकान्त खनाल

रुपन्देही– सञ्चालनमा आएका एक सय ५० ल्याब मध्ये ३० वटा मात्र दर्ता भएका छन्। केही नगरपालिकामा दर्ता भएको भएपनि अधिकांस ल्याब बिना दर्ता सञ्चालन  गरेको  जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। 

जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीमा जनस्वास्थ्य निरीक्षक मोती पौडेलले रुपन्देहीमा ३० वटामात्र दर्ता भएको बताए। उनले आफूहरुले पटक–पटक सूचना गरेको बताउँदै  उनीहरुलाई  दर्ता गर्न आग्रह गरेका छन्। 

अहिले पनि दर्ता खुलेको बताउँदै पौडेलले भने, ‘पटक–पटक पनि दर्ता गर्न भनेपनि आएका छैनन् । अब पनि नआए कडा कारबाही गर्नुपर्छ ।’ । मेलान रुपन्देहीका अध्यक्ष गुणानिधि खनालले अहिलेसम्म  मेलानमा  ३ सय सदस्य रहेपनि  ३० जनालेमात्र  ल्याब दर्ता गरेको बताए । 

आफूहरुले पनि   जिल्लामा  खुलेको बेला दर्ता गर्ने आग्रह गरेको बताए ।  जिल्लामा  रहेका ल्याबहरु केही नगरपालिकामा दर्ता भएको  भएपनि अधिकांस नभएको बताए । उनले नगरपालिकामा  दर्ता गरेपनि  बैधानिकता जिल्ला जनस्वास्थमा दर्ता गरेपछि मात्र हुने बताए । नगरपालिमामा  पनि ६० प्रतिशतले मात्रै पान नम्बर लिएको बुझिएको छ।

यसैगरी रुपेन्देहीमा रहेका ५० मध्ये ६ वटा क्लिनिक मात्रै दर्ता भएको देखिएको छ। रुपन्देहीमा ५० वटा  रहेकामा  कालिगन्डकी हेल्थ क्लिनिक होराइजन चोक बुटवल, सन्तोष हेल्थ क्लिनिक अस्पताललाइन,आयुष हेल्थ क्लिनिक अस्पताललाइन, आवास हेल्थ क्लिनिक अस्पताललाई कामना हेल्थ क्लिनिक अस्पताललाइन र रक्षा हेल्थ क्लिनिक  अस्पताललाइनले मात्र  दर्ता गरी सञ्चालन गरेका छन्।

सबै ल्याब दर्ता भए सरकारलाई १५ लाख राजस्व संकलन हुने मेलान रुपन्देहीका सचिब  नारायण पोखरेलले बताए । जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीले गत वर्ष रुपन्देहीमा दुईवटा ल्याबलाई सिलबन्दी गरेका थियो । त्यतिबेलाका जनस्वास्थ्य प्रमुख टंक चापागाईंले बुटबलका अवैध दुई ल्याबलाई बन्द गराएका थिए । त्यसपछि जनस्वास्थ्य प्रशासक भएर आएका चुडामणि भण्डारीले ल्याब तथा अन्य अबैधानिक क्लिनिकमाथि छानविन थालेका थिए।

नयाँ प्रशासक बनेर आएका केयरसिंह गोदारले यसतर्फ कुनै ध्यान दिएका छैनन् । जसका कारण रुपेन्देहीका अवैध ल्याब र क्लिनिकले लुट मच्चाइरहेका छन् ।  
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live