मुख्य समाचार

उपचारमा लापरबाही भए डाक्टरले नै क्षतिपूर्ति दिनुपर्ने कानुन ल्याउँदै सरकार

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- सरकारले बिरामीको उपचारका क्रममा हुने लापरबाही, त्रुटी तथा गल्तीलाई रोक्न कडा कानुन बनाउने भएको छ। आज बसेको मन्त्रीपरिषदको बैठकले उपचारका क्रममा कुनै डाक्टरबाट लापरबाही भएमा उपचार गर्ने डाक्टरबाट नै बिरामी तथा आफन्तलाई क्षतिपूर्ति भराउने कानुन बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो।

सूचना तथा सञ्चार मन्त्री मोहन बाहुदर बस्नेतले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्युको घटना बढेको, बिरामी अंगभंग हुने थालेको गुनासो आइरहेकाले यस्ता कार्यलाई रोक्न कडा कानुन बनाउन निर्देशन दिइएको बताए ।

‘अस्पतालमा धेरै बिरामीहरु डाक्टरको लापरबाहीको कारणले मृत्यु हुने र गम्भीर घाइते हुने परिस्थिति जन्मिन थालेकाले पीडितलाई न्याय दिलाउन छुट्टै ऐन नै बनाउने निर्णय भएको छ,’ मन्त्री बस्नेतले भने, ‘उक्त ऐनमा लापरबाही गर्ने डाक्टरले नै पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था राख्न भनिएको छ ।’ उनले स्वास्थ्य मन्त्रालयलाई त्यसको विधेयक बनाउन निर्देशन दिइएको जानकारी दिए।

अन्तराष्ट्रिय मान्यता अनुसार उपचारका क्रममा चिकित्सकले बिरामी तथा आफन्तलाई उपचारका क्रममा आउनसक्ने सम्भाव्य खतराको बारेमा जानकारी गराउने र सो क्रममा केही भएमा डाक्टर जिम्मेवार हुने छैन भन्ने फर्म भराउने चलन छ । 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live