मुख्य समाचार

मेडिकल काउन्सिलमा निर्वाचित हुँदाको खुसी ७ तस्बिरमा

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा नारायणविक्रम थापा विजयी भएका छन्। उनी २५१० भोट ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी डा पुष्पमणि खरालले २४५८ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी डा सतिश देवले १८९८ मत ल्याएका छन्। जम्मा ७ हजार ६८ मत खसेको थियो।

काउन्सिलको नयाँ कार्यसमितिमा एक उपाध्यक्ष सहित ८ सदस्य चुनिएका छन् । उपाध्यक्षमा डा नारायण विक्रम थापाले जितेका छन् ।

सदस्यहरुमा  डा कालुसिंह खत्री, डा सुनिलकुमार शाह बि, डा अंकुर शाह, डा कृष्ण खरेल, डा शिवजी पौडेल, डा विश्वराज दवाडी, डा खुश्वु प्रिया र डा मनोजमान श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरु आगामी चार वर्षका लागि चुनिएका हुन् । 

डा कालुसिंह खत्रीले सबैभन्दा धेरै मत ३६ सय ४५ पाएका छन्  भने निर्वाचित मध्ये सबैभन्दा कम पाउने डा मनोजमान श्रेष्ठले १८८८ मत पाएका छन् ।