मुख्य समाचार

कान्तिपुर डेन्टलबाट निकालिए पूर्वसचिव सहित २९ डाक्टर

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– नेपाल चिकित्सक संघ(एनएमए) र नेपाल डेन्टल एशोसियसन (एनडिए)ले आव्हान गरेको विरोधको समर्थन गरेको भन्दै कान्तिपुर डेन्टल एन्ड जनरल हस्पिटल, बसुन्धाराबाट २९ जना डाक्टर निकालिएका छन् । पेशागत हकहितका लागि आफू आवद्ध संस्था एनएमए र एनडिएले आव्हान गरेको इमर्जेन्सी बाहेकका सेवा बन्दमा समर्थन गर्दा निकालिनु परेको उनीहरुले बताएका छन्। 

डाक्टरलाई आन्दोलन गर्न बाध्यपार्ने सञ्चारमन्त्रीको यस्तो अभिव्यक्ति (भिडियोसहित)

 

अस्पताल सञ्चालक  बुद्धिमान श्रेष्ठले गालीगलोज  गर्दै अपमानित ढंगले मौखिक रुपमा जागिरबाट निकालिएको ती डाक्टरहरुले बताएका छन् । पेशागत हकहितकाका आन्दोलनमा समर्थन गर्दा आफूहरु अपमानित हुनुका साथै निकालिएको भन्दै एनएमए र एनडिएमा निवेदन दिएका छन् । निवेदनमा आफूहरुलाई गालीगलोज गर्दै निकालिएकाले न्याय दिने अनुरोध गरिएको छ। 

यसरी निकालिनेमा सोही अस्पतालमा कार्यरत पूर्व सचिव समेत रहेका डा प्रवीण मिश्र समेत रहेको बुझिएको छ ।  यी मध्येकै एक डाक्टरले स्वास्थ्य खबरसँग भने, ‘पूर्व सचिव समेत रहेका डा प्रवीण मिश्र डाक्टर साहेबलाई समेत अपमानित गरेर निकालियो । त्यसपछि हामी पनि निस्क्यौं।’

ती डाक्टरले आफूलाई नियमित तलब पनि नदिएको गुनासो गरे । उनले भने, ‘अघिल्लो महिनाको तलब पनि दिइएको छैन । दशैंमा पनि दिन्नँ भनेर धम्काउनुभयो ।’


 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live