मुख्य समाचार

यी हुन् स्वास्थ्य सेवामा कमजोर १० जिल्ला

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवामा उत्कृष्ट र कमजोर जिल्लाहरुको नाम सार्वजनिक गरेको छ। मन्त्रालयले विभिन्न मापदण्ड तयार गरी जिल्ला छनौट गर्छ। आर्थिक वर्ष २०७३/०७४मा सबैभन्दा कमजोर स्वास्थ्य सेवा दिने जिल्ला मुस्ताङ बनेको छ। ७५ जिल्लाको मुल्याङ्कनमा ५६ दशमलव ८ अंकमात्र लिएर मनाङ सबैभन्दा कमजोर जिल्ला बनेको हो। सेवाका हिसाबले दोस्रो कमजोर जिल्ला सोलुखुम्बु बनेको छ। सोलुखुम्बुले अघिल्लो वर्षको तुलनामा १७ अंक कम पाएको छ। सर्लाही पनि अघिल्लो वर्षको तुलनामा १६ अंक कम लिएर तेस्रो कमजोर जिल्ला बनेको हो। कमजोर बनेका सबै जिल्लाले अघिल्लो वर्षको तुलनामा कम अंक प्राप्त गरेका छन्।

कमजोर १० जिल्ला

मनाङ
सोलुखुम्बु
सर्लाही
धनकुटा
सप्तरी
भोजपुर
हुम्ला
सुनसरी
ताप्लेजुङ
रौतहट
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live