मुख्य समाचार

अस्पताल बन्द विरुद्ध मानहानी मुद्दामा अदालत जाने तयारी

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– अस्पतालमा बन्द हड्ताल गराएको भन्दै नेपाल चिकित्सक संघ विरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारी भएको छ । सर्वाेच्च अदालतले २०६८ सालमा अस्पताल अत्यावश्यक सेवा भएको भन्दै बन्द हड्ताल नगर्न/नगराउन परमादेश जारी गरेको थियो।

अदातलको आदेश विपरित बिज्ञप्ति नै निकालेर बन्द हड्ताल गराइएको भन्दै नेपाल उपभोक्ता हित संरक्षण मञ्चले मानहानी मुद्दा दर्ता गराउने तयारी गरेको हो । मञ्चका महासचिव विष्णु तिमिल्सिनाका अनुसार बन्दका लागि आव्हान गरेकोमा चिकित्सक संघ, त्यसका पदाधिकारी र नेपाल सरकारलाई विपक्षी बनाइनेछ । ‘सरकारले बन्द हड्ताल गर्नेलाई कारबाही नगरेकाले विपक्षी बनाउन लागिएको हो,’ महासचिव तिमिल्सिनाले भने।, ‘आजसम्म सहमति भए ठिकै छ । भोलि पनि उपभोक्ता दुःख पाउने स्थिति बन्यो भने हामी चुप लागेर बस्दैनौं।’

उनले संघले निकालेको बिज्ञप्तिका आधारमा  मुद्दा दायर गर्ने बताए । त्रिवि शिक्षण अस्पतालमा हड्ताल भएपछि मञ्चले २०६८ मा दायर गरेको मुद्दामा न्याधिशद्वय कल्याण श्रेष्ठ र प्रकाश वस्तिको संयुक्त इजालसले अस्पतालमा बन्द हड्ताल निषेध गरेको थियो । सर्वाेच्चकाे उक्त फैसलामा  चिकित्सा क्षेत्र अत्यावश्यकिय क्षेत्र भएकाले यसमा हड्ताल गरेमा तुरुन्त कारवाही गरि मुद्दा दर्ता सक्ने भनिएको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live