डक्टर्स आर्टिकल

मुटुका लागि कुन तेल राम्रो ?

डा. प्रकाशराज रेग्मी

मलाई धेरै नै मुटुका रोगीहरुले एउटा साझा प्रश्न सोध्ने गर्छन् – ‘कुन खानेतेलले मुटुलाई फाइदा गर्छ ?’

धेरै मानिसहरु खानेतेल, कोलेस्टेरोल र अन्य चिल्लो खाद्य पदार्थहरुकाबारे भ्रममा परेका देखिन्छन् । आजभन्दा केही वर्ष अगाडिसम्म बजारमा मुख्यरुपमा तोरीको तेल मात्र पाइन्थ्यो । धेरैले तोरीकै तेलमा तरकारी पकाएर खाने गर्थे । शुद्ध चाहिदाँ र रोटी, पुरी पकाउदा गाई–भैंसीको घिउ प्रयोग हुन्थ्यो ।

बजारमा आज तोरीलगायत भटमास, सूर्यमुखी, मकै, बदाम, ओलिभ, नरिवल आदि धेरै प्रकारका खानेतेलहरु पाइन्छन्। बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भनेझैं तेल उत्पादन गर्ने उद्योगहरुले नानाथरी आकर्षक विज्ञापनहरु गरेर आ–आफ्नो उत्पादन स्वास्थ्यका लागि फाइदाजनक छ, मुटुलाई स्वस्थ र बलियो राख्छ, हार्ट अट्याक हुनबाट बचाउंछ आदि सन्देशहरु जनमानसमा पु¥याउने प्रयास गरिराखेका देखिन्छन् ।

यसैको फलस्वरुप मुटुका रोगीहरु अन्योलमा परेका छन् । यति धेरै थरी तेलहरुमध्ये कुनचाहिले मुटुलाई फाइदा गर्ला ? हामी मुटुरोग विशेषज्ञहरु भन्ने गर्छौं –‘चिल्लो पदार्थले मुटुलाई हानि पु¥याउछ, किनकि यसमा कोलेस्टेरोल र ट्राइग्लाइ–सेराइड हुन्छ । यी तत्वहरु मुटुको रक्तनलीभित्र जम्न गई रक्तनलीलाई साँघुरो बनाइदिन्छन्, फलस्वरुप रक्त सञ्चारमा बाधा उत्पन्न भई हृदयघात हुनपुग्छ ।’

बडो अन्योलको स्थिति छ । एकातर्फ फलानो तेल ‘शतप्रतिशत कोलेस्टेरोल फ्री, मुटुलाई राख्छ स्वस्थ’ भन्दै टेलिभिजनको रङ्गीन पर्दामा सिनेमाको हिरो, हिरोइन तथा खेलकुद जगतका चर्चित खेलाडीहरु उफ्रने गर्छन् भने अर्कोतर्फ ‘तेल र चिल्लो नखा, मुटु बिग्रेला’ भनी डाक्टरहरुले सावधान गराउँछन् । आखिर बिरामीले कसको कुरा मान्ने ?

काठमाडौंमा मैले ७ वर्षको उमेरदेखि उपचार गर्दै आएका सापकोटा थरका मुटुरोगी छन् । उनी बाथ, मुटुको रोगबाट पीडित छन् । उनको मुटुको एउटा भल्भ बिग्रिएको छ । प्रत्येक ३–३ हप्तामा पेन्सिलिनको सुई लगाउने गरेका छन् । आज उनी १४ वर्षका भइसके ।

गत महिना उनी आफ्ना बाबुसँग जँचाउन आएका थिए । मसँग भेट्नासाथ उनले गजबको सिकायत गरे ‘हेर्नुस् न डाक्टर साहेब, बाबाआमाले मलाई खानै दिनुहुन्न, जे पनि नखा भन्नुहुन्छ । जेले पनि मुटु बिग्रन्छ रे, पुरीले पनि मुटु बिग्रन्छ रे ? मलाई घिउ–भात खान मन लाग्छ तर उहाँहरु घिउ सुँघ्न पनि पाउँदैनस् भन्नुहुन्छ ।

मैले उनका बाबुलाई तत्कालै सोधें – ‘बच्चालाई किन मासु, घिउ खान नदिएको ?’ उनले जवाफ दिए – ‘मासुमा कालेस्टेरोल हुन्छ । चिल्लो पदार्थले मुटु बिगार्छ । घिउले हार्ट अट्याक गराउँछ । मुटुरोगीले चिल्लो र कालेस्टेरोल भएको खाना खानुहुँदैन । यसै कारण मैले मुटुरोगी छोरालाई मुख बार्न लगाएको हुँ ।’

उनको जवाफ सुनेर म झसङ्ग भएँ । कत्रो ठूलो गल्ती भइराखेको रहेछ । बाथ मुटुको रोग भएको बालकले चिल्लो र मासु किन बार्नुप¥यो ? मजासँग खाए भइहाल्छ नि ? यो त हृदयघात सम्बन्धी कोरोनरी मुटुका रोगीहरु, उच्च रक्तचाप, मधुमेह आदि भएकाहरुले बार्नुपर्ने कुरा हो ।

मुटुको रोग भन्दैमा सबै एकैथरी कहाँ हुन्छ र ? यस प्रकार अज्ञानताको शिकार भएका धेरै नै मुटुरोगीहरु भेटिन्छन् । कसैले चाहिने बेलामा चिल्लो पदार्थ बारेका हुँदैनन् भने कसैले अनावश्यकरुपमा चिल्लो पदार्थको प्रयोग रोकेका हुन्छन् । विचरा किशोर आफ्नो बाबुको अज्ञानताका कारण घिउ र मासु खानबाट बञ्चित हुनपुगे ।

चिल्लो खाद्य पदार्थ भन्नेबित्तिकै घिउ र तेल बुझिन्छ । खाना पकाउन धेरैजसो वनस्पति तेलको प्रयोग गरिन्छ । तेल शतप्रतिशत चिल्लो पदार्थ हो । तेलको वैज्ञानिक नाम ‘ट्राइग्लिसेराइड’ हो । ट्राइग्लिसेराइडको मतलब हुन्छ – ट्राइ–३, ग्लिसेराइड–ग्लिसेरोल । अर्थात् ३ अणु फ्याटी एसिड र १ अणु ग्लिसेरोल भएको रासायनिक वस्तु हो ट्राइग्लिसेराइड ।

तेलमा पाइने फ्याटी एसिड ३ प्रकारका हुन्छन् –

१. स्याच्युरेटेड
२. मोनो–अनस्याच्युरेटेड
३. पोलि–अनस्याच्युरेटेड

यी तिनै फ्याटी एसिडरुका बनावट र मुटुमा पार्ने असरहरुबीच त्यति धेरै फरक छैन । बनावटको हिसाबले यिनीहरुमा हाइड्रोजनअणुको मात्रा घटिबढी हुन्छ भने असरको हिसाबले स्याचयुरेटेडले बढी नकारात्मक असर गर्छ । धेरै थोरै सबै प्रकारका फ्याटी एसिडले मुटुलाई हानि नै पु¥याउँछ ।

अनस्याच्युरेटेड फ्याटी एसिडको एउटा बडो राम्रो गुण छ । मनो र पोली अनस्याच्युरेटेड फ्याटी एसिडले रगतमा कोलेस्टेरोलको मात्रालाई घटाउन मद्दत पुयाउँछ । यसका साथै वनस्पति तेलमा भएको लिनोलेइक फैटी एसिडले पनि रगतमा कोलेस्टेरोलको मात्रालाई घटाउन मद्दत पु¥याउँछ । कुनै तेलमा यो बढी हुन्छ त कुनैमा घटी हुन्छ । यी लाभदायी तत्वहरुबाहेक तेलले रगतमा ट्राइग्लिसेराइड बढाउने, हृदयघातक कालेस्टेरोलको उत्पादन बढाउने आदि नकारात्मक असरहरु प्रशस्त पार्दछ । आमजनतालाई यो कुरा जानकारी नभएको हुनाले तेल उत्पादक उद्योगहरुले यसको फाइदा उठाउने गरेका छन् ।

एउटा साधारण उदाहरणः विदेशबाट आयात गरिएको धेरैले प्रयोग गर्ने सूर्यमुखी तेलको सिसीलाई हेरौं । त्यसमा बाहिर ठूलो अक्षरमा लेखिएको हुन्छ– शतप्रतिशत कोलेस्टेरोल फ्री । कुरा एकदम ठीक हो, किनकि कुनै पनि वनस्पति तेलमा कोलेस्टोरोल पाइँदैन ।

कोलेस्टेरोल जन्तुबाट उत्पादन हुने चिल्लो पदार्थमा मात्र पाइन्छ । सूर्यमुखी तेलमा कालेस्ट्रेरोल हुँदैन । त्यसमा ९५ प्रशित फ्याटी एसिड हुन्छ, जसमध्ये ११ प्रतिशत स्याच्युरेटेड, ३४ प्रतिशत मोनो अनस्याच्यरेटेड र ५० प्रतिशत पोली अनस्याच्यरेटेड रहेको हुन्छ । यो पक्षलाई पूर्णरुपले गोप्य राखेर ‘कालेस्ट्रेरोल फ्री’ भन्ने शब्दलाई जोडतोडका साथ प्रचार गरिएको हुन्छ । हाम्रो जे देख्यो, जे सुन्यो, त्यो पत्याउने वानी छ । फेसन भइसक्यो विदेशबाट आएको सूर्यमुखीको तेल खाने चलन सहरबजारमा ।

चिल्लो पदार्थ चाहे त्यो तेल होस् वा घिउ, शरीरका लागि आवश्यक पदार्थ हो । तेलमा कोलेस्टेरोल हुँदैन तर अनस्याच्युरेड फ्याट बढी हुन्छ भने घिउमा कालेस्टेरोल र स्याच्युरेटेड फ्याट बढी हुन्छ । कालेस्ट्रेरोलबाट शरीरमा केही हर्मोनहरु र पित्तरस बन्छ । साथै स्नायुहरुको कार्य सञ्चालनमा यसको आवश्यकता पर्छ । आवश्यक भन्दा बढी भएमा कोलेस्ट्रेरोल रक्तनलीहरुभित्र गएर जम्छ ।

शरीरका लागि शक्तिको प्रमुख स्रोत नै चिल्लो खाद्य पदार्थ हो । १ ग्राम चिल्लो पदार्थबाट ९ क्यालोरी शक्ति प्राप्त हुन्छ । प्रोटिन र कार्बोहाइड्रेट को १ –१ ग्रामबाट जम्मा ४ क्यालोरी मात्र प्राप्त हुन्छ ।

सामान्य परिश्रम गर्ने मान्छेले दैनिक २४ सय क्यालोरी शक्ति आउने खाना खानुपर्छ । हाम्रो खानामा चिल्लो पदार्थ, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र खनिज पदार्थहरु हुन आवश्यक छ । घिउ, तेल र बोसोमा चिल्लो हुन्छ भने भात, रोटी, मिठाईमा कार्बोहाइड्रेट ज्यादा पाइन्छ । माछा, मासु, दूध र गेडागुडीमा प्रोटिन हुन्छ ।

खानाको २० प्रतिशत चिल्लो पदार्थ, ६५ प्रतिशत कार्बोहाइड्रेट र १५ प्रतिशत प्रोटिन पदार्थ हुनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यदी चिल्लो पदार्थ ३० प्रतिशतभन्दा बढी भएमा त्यो बोसोको रुपमा शरीरका विभिन्न भागमा जम्मा भएर बस्छ ।

कुन तेलमा के छ ?

नरिवलको तेलमा स्याच्युरेटेड फ्याटको मात्रा ज्यादै धेरै छ । यस्तै गाई र भैंसीको घिउमा पनि स्याच्युरेटेड फ्याट बढी छ । यसकारण यी चिल्लो पदार्थले कोरोनरी मुटुको रोग भएकाहरुलाई निकै नै क्षति पु¥याउँछ । बदाम, मकै, सूर्यमुखी, भटमास, तोरी आदिको तेलमा स्याच्युरेटेड फ्याट कम तर मोनो र पोली अनस्याच्युरेटेड फ्याटको मात्रा बढी छ । यो तेल ठीक मात्रामा प्रयोग गरेको खण्डमा मुटुलाई त्यति क्षति पु¥याउँदैन ।

तोरी र बदामको तेलमा मोनो–अनस्याच्युरेटेड फ्याटको मात्रा सबैभन्दा धेरै छ । त्यसकारण ठिक्क मात्रामा लिएको खण्डमा मुटुका रोगहरुका लागि यी तेल सबैभन्दा कम हानिकारक छन् । तोरीको तेलमा लिनोलेइक एसिड नामक रसायन अरु तेलमा भन्दा बढी मात्रामा पाइन्छ । यो रसायनले हृदयघातको सम्भावनालाई कम गर्छ , यसकारण यो मुटुको लागी लाभदायक मानिन्छ ।

माछाको तेलमा ओमेगा–३ फ्याटी एसिड धेरै पाइन्छ । यसले पनि हृदयघातको सम्भावनालाई कम गर्दछ । तोरीको तेल धेरै पटक तताउँदा पनि अन्य तेलसरह ट्रान्सफ्याटमा परिवर्तन हुँदैन । ट्रान्सफ्याटले मुटुलाई धेरै क्षति पु¥याउँछ । तोरीको तेलको यो पनि एक राम्रो गुण हो । यी सबै तथ्यहरुलाई ध्यानमा राख्दा यो प्रस्ट हुन आउँछ कि कोरोनरी मुटुका रोगीहरुले घिउ र नरिवलको तेल खानु हानिकारक छ ।

वनस्पति तेल थोरै मात्रामा प्रयोग गर्दा हुन्छ । वनस्पति तेल मध्ये शुद्ध तोरीको तेल नै सबैभन्दा कम हानिकारक छ । हृदयघातसम्बन्धी रोग भएकाहरुले ‘शून्य तेल खाना’ (जीरो फ्याट डाइट) खानु उपयुक्त हुन्छ ।

शून्य तेल खाना भनेको खाना पकाउँदा तेलको प्रयोग गर्दै नगर्ने भनेको हो । खाना पानीमा उसिनेर पकाउने भनेको हो । स्वादका लागि जीरा–मरिच हाले हुन्छ । हाम्रो शरीरलाई आवश्यक पर्ने फ्याट, कालेस्टे«रोल र फ्याटी एसिडहरु चामल, गहँु, दालजस्ता अन्य स्रोतहरुबाट पनि पूरा हुन्छ ।
यस प्रकार सबैले यो बुभ्mनु जरुरी छ की तोरीको तेल खाएर मुटु बलियो हुन्छ भन्ने कुरा होइन । अन्य तेलहरु भन्दा तोरीको तेल कम हानिकारक छ भनेको हो । यस कारण मुटु बलियो पार्न तोरीको तेल खाने गर्नु भन्ने विज्ञापनलाई निरुत्साहित गर्नुपर्छ र तेलले मुटुलाई फाईदा गर्छ भन्ने भ्रमबाट सबै जना मुक्त हुनु पर्छ ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live