मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक, चिकित्सकको आन्दोलन फिर्ता लिन आग्रह

img

दुर्गा दुलाल

काठमाडौं- सरकारले स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रेको नेपाल चिकित्सक संघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकको सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता गर्न संघलाई आग्रह गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्र संघको महासभामा भाग लिन अमेरिकामा रहेकाले आगामी मन्त्रीपरिषद् बैठकबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा लगायत मागबारे सम्बोधन हुने सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बताए।

बैठकमा उपचारका क्रममा बिरामीको अंगभंग भएमा क्षतिपूर्ति लगायत विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिने निर्णय भएको विषयमा चिकित्सक संघले गरेको आन्दोलनको विषयमा छलफल भएको थियो ।

चिकित्सकहरुको आन्दोलनका कारण चार दिनयता देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प छन्।

आकस्मिक मन्त्रिपरिषद् बैठकका निर्णय

नेपाल सरकारको मन्त्रिपरिषदको बैठक मिति २०७४/०६/०२ गते बसेको मन्त्रिपरिषदले चिकित्सकको चरम लापरवाहीका कारणले बिरामीको अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान पेसागत वा व्यावसायिक बिमा क्षतिपूर्ति लगायत आवश्यक विषयहरुलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिने निर्णय भएको विषयलाई लिएर नेपाल चिकित्सक संघले सो निर्णय फिर्ता लिन लगायत अन्य मागहरु समेत राखी बहिरंग सेवा बाहेक अन्य सेवा ठ्प्प पारेका विषयमा आजको मन्त्रिपरिषदको आकस्मिक बैठकमा छलफल भएको।

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्र संघको ७२औं महासभामा भाग लिन अमेरिकामा रहनुभएकाले आगामी मन्त्रिपरिषदको बैठकबाट नेपाल चिकित्सक संघले राखेका स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको सुरक्षा लगायतका मागहरुको बारेमा सम्बोधन हुने हुँदा नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता गर्न नेपाल चिकित्सक संघलाई आग्रह गर्ने निर्णय गरिएको।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live