मुख्य समाचार

मन्त्रिपरिषद्ले झारा टारेको भन्दै चिकित्सक संघको असन्तुष्टि, स्वास्थ्य संस्था बन्द कायमै

स्वास्थ्य खबरपत्रिका

फाइल तस्बिर


काठमाडौं- नेपाल चिकित्सक संघले डाक्टरहरुको आन्दोलनलाई मन्त्रिपरिषद्को निर्णयले केही सम्बोधन नगरेको भन्दै स्वास्थ्य संस्था बन्दको कार्यक्रम यथावत् राख्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले आकस्मिक बैठक बसेर निर्णय गरे पनि त्यसले ठोस प्रतिबद्धता बिना नै चिकित्सक र स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता गराउन खोजेको संघको भनाइ छ । सो कार्यलाई संघले अत्यन्तै गैरजिम्मेवार भन्दै आपत्ति समेत प्रकट गरेको छ।

संघका महासचिव लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा पूर्वघोषित कार्यक्रम अनुसार देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङ होम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय यथावत् रहेको जनाइएको छ।

विरोधका कार्यक्रमबाट सर्वसाधारणमा पर्न जाने असुविधाप्रति संघले दुःख व्यक्त गरेको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live