मुख्य समाचार

प्राथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापन समिति जनप्रतिनिधिको नेतृत्वमा 

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– स्वास्थ्य मन्त्रालयले स्थानीय स्वास्थ्य संस्थाहरुको सञ्चालन तथा व्यवस्थापन समितिको मापदण्ड पुनर्गठन गरेको छ। प्राथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापन समिती अब जननिर्वाचित प्रतिनिधिको नेतृत्वमा हुने भएको छ।

स्वास्थ्य मन्त्री स्तरीय निर्णय अनुसार स्थानीय स्वास्थ्य संस्थाको संरक्षकमा सोही स्थानको जननिर्वाचित प्रतिनिधि मेयर अथवा गाउँपालिकाको अध्यक्ष हुने व्यवस्था गरिएको छ भने वडा अध्यक्ष व्यवस्थापन समितिको अध्यक्ष हुने निर्णय भएको छ । 

जुन वडामा प्राथामिक स्वास्थ्य केन्द्र  वा स्वास्थ्य चौकी छ त्यही वडाको वडा अध्यक्ष व्यवस्थापन समिति वा सञ्चालक समितिको अध्यक्ष हुनेछन्। मेयर अथवा गाउँ पालिकाको अध्यक्ष संरक्षक हुने निर्णय भएको हो।

जननिर्वाचित प्रतिनिधीको नेतृत्वमा बन्ने समिती ७ सदस्यिय हुनेछ । समितिमा अध्यक्षले मनोनित गरेको व्यक्ति उपाध्यक्ष हुने व्यवस्था गरिएको छ। सदस्यहरु स्वास्थ्य चौकी रहेको क्षेत्रको बिद्यालयका प्रमुख, स्थानिय व्यापार संघको प्रतिनिधि, संरक्षकबाट मनोनित स्थानिय लब्ध प्रतिष्ठित एकजना महिला सहित एकजना वडा कार्यालयको अधिकृत गरी दुईजना सदस्य रहनेछन्। समितिको सदस्य सचिव भने प्राथामिक स्वास्थ्य केन्द्र अथवा स्वास्थ्य चौकी प्रमुख हुने निर्णय भएको छ। 
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live