साताको मुहार/ब्रेन एन्ड ब्युटी

ब्रेन एन्ड ब्युटी: डा निदृत बोहरा

स्वास्थ्य खबरपत्रिका

काठमाडौं विश्वविद्यालय धुलिखेलबाट एमबिबिएस गरेकी डा निदृत बोहरा स्वास्थ्य मन्त्रालय अन्तर्गत मेडिकल अधिकृतको रुपमा कार्यरत छिन् । 

सेन्ट मेरिज स्कुल पोखराबाट माध्यमिक शिक्षा उत्तीर्ण गरेकी उनले प्लस टु भने काठमाडौंको बुढानीलकण्ठ स्कुलबाट पूरा गरिन् । 

उनी चिकित्सा क्षेत्रमा आउनुको कारण उनको परिवारमा कुनै समय रोगले दिएको सास्ती रहेछ । उनी सानै छँदा ममीलाई अस्थमाले असाध्यै च्याप्दा टुलुटुलु हेर्नु सिवाय केही गर्न सकिनन् । त्यसैबेला उनले अठोट गरिछन्, एकदिन सक्षम डाक्टर बनेरै छाड्ने । 
पढाइमा त निदृत हुने विरुवाको चिल्लो पात भने झैं छुरा नै थिइन् । यसैले परिवारमा पहिलो महिला डाक्टर बनाउने अभिभावकको इच्छा पूरा गर्न गाह्रै भएन । यो सफलतामा उनी गर्व मान्छिन् । 

किताब पढ्न रुचाउने उनी नयाँ परिकार पकाउन र नयाँ ठाउँ घुम्न सौखिन् छिन् । उनलाई गीत गाउन पनि असाध्यै मन पर्छ । 

रुखोसुखो मानिने पेशामा रहेकी निदृतले रसिलो किस्सा सुनाइन्, ‘म त ६ कक्षा पढ्दादेखि नै हरेकजसो कार्यक्रममा गीत गाउँथेँ ।’

तस्बिर : शिवलाल श्रेष्ठ, तस्बिर स्टुडियो, बागबजार


यो पनि :

ब्रेन एन्ड ब्युटी : सरिशा श्रेष्ठ

ब्रेन एन्ड ब्युटीः डा. अञ्जना थापा मगर

ब्रेन एन्ड ब्युटीः डा. अञ्जना केसी

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live