मुख्य समाचार

डाक्टरका ११ संगठनको आन्दोलनमा २२ जना आन्दोलनकारी!

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– सरकार र नेपाल चिकित्सक संघ बीच भएको सम्झौताको विरोध गरिरहेका युवा डाक्टरको दबाब कार्यक्रम फितलो देखिएको छ। असुरक्षाको प्रतिक स्वरुप शनिवार आयोजित ‘बृहत् हेलमेट जुलुस’मा न्युन सँख्यामा डाक्टरको उपस्थिति थियो।

युवा डाक्टरका ११ संगठनको समर्थन रहेको भनिएको आन्दोलनमा मुश्किलले २२ जना डाक्टरको उपस्थिति रह्याे। त्यसमा पनि विरोधको प्रतिक हेलमेट लगाएर आउने त अझै कम। डक्टर्स सोसाइटी अफ नेपालको अगुवाइमा भएको विरोध कार्यक्रममा रहेको कमजोर उपस्थितिले आन्दोलनप्रति डाक्टरको वितृष्णा रहेको दर्शाउँछ । 

दिउसो ११ बजेदेखि भनेपनि १२ः३० मा निस्किएको उनीहरुको र्‍यालीमा सहभागी भन्दा धेरै प्रहरी थिए । त्यसैले किनारका रमितेहरुलाई ठट्टाको विषय बनेको थियो, ‘डाक्टरको जुलुसमा प्रहरी आएका हुन् कि प्रहरीको जुलुसमा डाक्टर !’

अान्दाेलनरत स‌ंगठनहरु


swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live