मुख्य समाचार

प्रदेशमा सात मन्त्रालयको प्रस्ताव : स्वास्थ्य र शिक्षा एउटै बनाउने तयारी

img

प्रवीण ढकाल

काठमाडौं- सरकारले प्रदेशमा ७ मन्त्रालय राख्ने प्रस्ताव गरेको छ। सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रारम्भिक खाकाअनुसार प्रदेशमा ७ वटा मन्त्रालयको प्रस्ताव गरिएको छ।

उक्त खाका अनुसार प्रदेशमा स्वास्थ्य र शिक्षा मन्त्रालयलाई एकै मन्त्रालयका रुपमा राख्न प्रस्ताव गरिएको छ। सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा गठित अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयसहित सुरुमा सात मन्त्रालय स्थापना गर्न प्रस्ताव गरेको हो।

प्रस्तावअनुसार प्रदेशमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय रहने छ। यो सँगै अन्य मन्त्रालयमा गृह, अर्थ, पूर्वाधार विकास, कृषि तथा भूमि व्यवस्थापन र वन, विज्ञान तथा वातावरण मन्त्रालय राख्न प्रस्ताव गरिएको छ।

समितिको प्रस्ताव अनुसार यस मन्त्रालयलाई निकै ठूलो जिम्मेवारी तोकिएको छ । यो मन्त्रालयले प्रदेशभरि शिक्षा र स्वास्थ्यसँग सम्बन्धित सबै काम गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त प्रदेशमा समावेशी–समानुपातिक सहभागिता कायम राख्ने, प्रदेशअन्तर्गतका कर्मचारी सरुवा–बढुवा र व्यवस्थापनको काम पनि यसै मन्त्रालयको हुनेछ । यस्तै, युवा तथा खेलकुद विकासको जिम्मेवारी पनि शिक्षा, स्वास्थ्य तथा समावेशीकरण मन्त्रालयलाई दिने प्रस्ताव गरिएको छ।

संघमा १८ मन्त्रालयको प्रस्ताव

यसअघि नै संघमा १८ वटा मन्त्रालय राख्ने प्रस्ताव तयार भैसकेको थियो।  अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले संघमा मन्त्रिपरिषद्को कार्यालयसमेत गरी बढीमा १८ मन्त्रालय राख्न प्रस्ताव गरेको थियो। उक्त प्रस्तावमा स्वास्थ्य मन्त्रालय पनि गठन हुने उल्लेख छ। सामान्य प्रशासनमन्त्रीको संयोजकत्वमा गठित अधिकारसम्पन्न समितिले त्यस्तो प्रस्ताव गरेको हो । 

यस्ता छन् केन्द्रका लागि प्रस्तावित मन्त्रालय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

अर्थ तथा योजना

संघीय मामिला तथा सामान्य प्रशासन

कानुन, न्याय तथा संसदीय मामिला 

उद्योग, वाणिज्य तथा आपूर्ति

पर्यटन तथा संस्कृति कृषि

सहकारी तथा भूमि व्यवस्थापन

गृह

स्वास्थ्य

जलस्रोत तथा ऊर्जा

परराष्ट्र

भौतिक पूर्वाधार, यातायात तथा नागरिक उड्डयन

रक्षा

शिक्षा तथा खेलकुद

विज्ञान प्रविधि महिला समावेशीकरण तथा सामाजिक न्याय

सूचना तथा सञ्चार

मानव संसाधन, युवा, श्रम तथा रोजगार

वन तथा वातावरण

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live